News Portal

रेडियो सुन्नुहोस्

माग पूरा नभएको भन्दै शिक्षा शाखामा तालाबन्दी

बिबश जि.एम२०८० असोज १७
१०६५ पटक
२०८० असोज १७

नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकामा तालाबन्दी गरेको छ । बुधबार नेविसंघले प्यूठान नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्रले देशभर रहेका ७५३ स्थानीय तहलाई शिक्षा शाखामा विद्यालयबाट काजमा झिकाई कर्मचारी सरह जिम्मेवारी दिएर कामकाजमा खटाईएका शिक्षकहरुलाई अविलम्ब दरबन्दी भएका विद्यालयमा फिर्ता पठाउन आग्रह गरेकोमा जिल्लाको प्यूठान नगरपालिकाले उक्त परिपत्र कार्यन्वयन नगरेकाले तालाबन्दी गर्न बाध्य भएको नेविसंघ प्यूठानका सचिव पारस भण्डारीले जानकारी दिए ।

साथै नेविसंघ जिल्ला अध्यक्ष कल्याण विक्रम के.सी को हस्ताक्षरित सहित एक प्रेस विज्ञप्ती निकाल्दै संगठनको माग पुरा नभएमा नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखामा अनिश्चित कालसम्म तालाबन्दी गर्ने चेतावनी समेत दिएको छ ।

उता शिक्षा शाखा प्रमुख बासुदेब पण्डितले भने आफु अहिले विदामा भएको जानकारी गराएका छन् । नगरपालिकाका मेयर उपमेयर भने कार्यालयको आन्तरिक कामले गर्दा जिल्ला बाहिर रहेको बताएका छन् । नगरपालिकाका मेयर बिष्णु बहादुर योगिले तत्काल तालाबन्दी नै गर्नुपर्ने स्थिति नभएको बताउँदै सो समस्याको समाधान कार्यालयमा उपस्थित भएर छलफल गरि अगाडी बढ्ने जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...