News Portal

रेडियो सुन्नुहोस्

माग पूरा नभएको भन्दै शिक्षा शाखामा तालाबन्दी

बिबश जि.एम२०८० असोज १७
१०३४ पटक
२०८० असोज १७

नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकामा तालाबन्दी गरेको छ । बुधबार नेविसंघले प्यूठान नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्रले देशभर रहेका ७५३ स्थानीय तहलाई शिक्षा शाखामा विद्यालयबाट काजमा झिकाई कर्मचारी सरह जिम्मेवारी दिएर कामकाजमा खटाईएका शिक्षकहरुलाई अविलम्ब दरबन्दी भएका विद्यालयमा फिर्ता पठाउन आग्रह गरेकोमा जिल्लाको प्यूठान नगरपालिकाले उक्त परिपत्र कार्यन्वयन नगरेकाले तालाबन्दी गर्न बाध्य भएको नेविसंघ प्यूठानका सचिव पारस भण्डारीले जानकारी दिए ।

साथै नेविसंघ जिल्ला अध्यक्ष कल्याण विक्रम के.सी को हस्ताक्षरित सहित एक प्रेस विज्ञप्ती निकाल्दै संगठनको माग पुरा नभएमा नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखामा अनिश्चित कालसम्म तालाबन्दी गर्ने चेतावनी समेत दिएको छ ।

उता शिक्षा शाखा प्रमुख बासुदेब पण्डितले भने आफु अहिले विदामा भएको जानकारी गराएका छन् । नगरपालिकाका मेयर उपमेयर भने कार्यालयको आन्तरिक कामले गर्दा जिल्ला बाहिर रहेको बताएका छन् । नगरपालिकाका मेयर बिष्णु बहादुर योगिले तत्काल तालाबन्दी नै गर्नुपर्ने स्थिति नभएको बताउँदै सो समस्याको समाधान कार्यालयमा उपस्थित भएर छलफल गरि अगाडी बढ्ने जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...