News Portal

रेडियो सुन्नुहोस्

शुक्रबार राती गएको भूकम्पले प्यूठानमा पनि सामान्य क्षति गर्‍यो

बिबश जि.एम२०८० कात्तिक १८
४१३ पटक
२०८० कात्तिक १८

भूकम्पको धक्का प्यूठानमा समेत महसुस भएको थियो । गएराती ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ रेक्टरस्केलको भूकम्प गएको हो । सोही धक्काले प्यूठानमा पनि सामान्य क्षति गरेको छ । भूकम्पका कारण प्यूठानको गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र माण्डवी गाउँपालिकामा सामान्य क्षति पुगेको छ।

भूकम्प आएपछि गौमुखीमा राती भाग्न खोज्दा ठुलाबेसी निवासी बसन्ता न्यौपाने घाइते भइ राती नै बिजुवार अस्पताल पुर्‍याइएको थियो । उनको खुट्टामा चोट लागेको हो । त्यस्तै झिमरुक गाउँपालिका २ बादिकोटमा पूर्ण बहादुर खड्काको घर आशिंक रुपमा क्षति भएको छ भने सोही ठाउँका रुम बहादु खड्को गोठमा क्षति पुर्‍याएको वडाध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए ।

उता माण्डवी गाउँपालिका ३ मा पनि नम बहादुर घर्तिको घरमा आशिंक क्षति भएको वडाध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार वडा नं १ का गोकर्ण नेपालीको खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल बिजुवारमा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रेफर गरिएको छ ।

फोटो : धनेन्द्र कार्की

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...