News Portal

रेडियो सुन्नुहोस्

शुक्रबार राती गएको भूकम्पले प्यूठानमा पनि सामान्य क्षति गर्‍यो

बिबश जि.एम२०८० कात्तिक १८
८१८ पटक
२०८० कात्तिक १८

भूकम्पको धक्का प्यूठानमा समेत महसुस भएको थियो । गएराती ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ रेक्टरस्केलको भूकम्प गएको हो । सोही धक्काले प्यूठानमा पनि सामान्य क्षति गरेको छ । भूकम्पका कारण प्यूठानको गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र माण्डवी गाउँपालिकामा सामान्य क्षति पुगेको छ।

भूकम्प आएपछि गौमुखीमा राती भाग्न खोज्दा ठुलाबेसी निवासी बसन्ता न्यौपाने घाइते भइ राती नै बिजुवार अस्पताल पुर्‍याइएको थियो । उनको खुट्टामा चोट लागेको हो । त्यस्तै झिमरुक गाउँपालिका २ बादिकोटमा पूर्ण बहादुर खड्काको घर आशिंक रुपमा क्षति भएको छ भने सोही ठाउँका रुम बहादु खड्को गोठमा क्षति पुर्‍याएको वडाध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए ।

उता माण्डवी गाउँपालिका ३ मा पनि नम बहादुर घर्तिको घरमा आशिंक क्षति भएको वडाध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार वडा नं १ का गोकर्ण नेपालीको खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल बिजुवारमा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रेफर गरिएको छ ।

फोटो : धनेन्द्र कार्की

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...