News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा नेपाल टेलिकमको सेवा प्रवाहमा गुनासो

बोम बहादुर परियार२०८० पुस १९
७२३ पटक
२०८० पुस १९

नेपाल टेलिकमको सेवा प्रवाहमा सेवाग्राहीहरुले गुनासो गरेका छन् । प्यूठानमा ग्राहकहरुले समयमै सेवा नपाएको भन्दै नेपाल टेलिकम प्रति गुनासो गरेका हुन । जिल्लाका धेरैजसो कार्यालयहरुमा पछिल्लो समय अनलाइन तथा इन्टरनेटको माध्यमद्धारा काम गरिदै आएको छ । समयमै इन्टरनेट सेवा जडान तथा मर्मत गर्न नपाउँदा सेवा प्रवाहमा समस्या आएको भन्दै टेलिकम प्रति गुनासो आएको हो ।

जिल्लाको स्वर्गद्धारी नगरपालिका स्थित सोत्रे स्वास्थ्य चौकीका इन्चार्ज हुनाराम विष्टले महिनौ बित्दा समेत टेलिकमको सेवा नपाएको गुनासो गरेका छन् । स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्न बिष्टले एक महिना अगाडी नेपाल टेलिकममा निवेदन दिएका थिए । पटक पटक टेलिकम कार्यालयमा आग्रह गर्दा पनि नेट जडान नभएपछि उक्त संस्थामा अहिले महंगो शुल्क तिरेर प्राइभेट कम्पनीको इन्टरनेट जडान गर्नु परेको उनले वताए ।

त्यस्तै कर कार्यालय चकचकेमा पनि महिनौ बित्दा समेत नेपाल टेलिकमद्धारा समयमै टेलिफोन जडान भएको छैन् । समयमा टेलिफोन जडान नहुँदा कार्यालयको दैनिक कामकाज र सेवाग्राही समेतले सास्ती खेप्नु परेको कार्यालयले जनाएको छ ।

उता नौवहिनी गाउँपालिका– ५ डाम्रीमा पनि उही समस्याले सेवाग्राही पिडित बनेका छन् । त्यहाँका स्थानीयलाई पनि नेपाल टेलिकमको टावरमा समस्या आउँदा नागरिकहरु सूचना तथा सञ्चारबाट बञ्चित वन्नु परेको वडा अध्यक्ष दलराज पुनमगरले बताए ।

नेपाल टेलिकम बिजुवार प्यूठानका कार्यालय प्रमुख निरन्जन श्रेष्ठले गा्रहकहरुको गुनासो आए पनि कार्यालयसँग पर्याप्त श्रोत साधनको अभावमा समयमै सेवा प्रवाह गर्न नसकेको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...