News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा नेपाल टेलिकमको सेवा प्रवाहमा गुनासो

बोम बहादुर परियार२०८० पुस १९
१००६ पटक
२०८० पुस १९

नेपाल टेलिकमको सेवा प्रवाहमा सेवाग्राहीहरुले गुनासो गरेका छन् । प्यूठानमा ग्राहकहरुले समयमै सेवा नपाएको भन्दै नेपाल टेलिकम प्रति गुनासो गरेका हुन । जिल्लाका धेरैजसो कार्यालयहरुमा पछिल्लो समय अनलाइन तथा इन्टरनेटको माध्यमद्धारा काम गरिदै आएको छ । समयमै इन्टरनेट सेवा जडान तथा मर्मत गर्न नपाउँदा सेवा प्रवाहमा समस्या आएको भन्दै टेलिकम प्रति गुनासो आएको हो ।

जिल्लाको स्वर्गद्धारी नगरपालिका स्थित सोत्रे स्वास्थ्य चौकीका इन्चार्ज हुनाराम विष्टले महिनौ बित्दा समेत टेलिकमको सेवा नपाएको गुनासो गरेका छन् । स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्न बिष्टले एक महिना अगाडी नेपाल टेलिकममा निवेदन दिएका थिए । पटक पटक टेलिकम कार्यालयमा आग्रह गर्दा पनि नेट जडान नभएपछि उक्त संस्थामा अहिले महंगो शुल्क तिरेर प्राइभेट कम्पनीको इन्टरनेट जडान गर्नु परेको उनले वताए ।

त्यस्तै कर कार्यालय चकचकेमा पनि महिनौ बित्दा समेत नेपाल टेलिकमद्धारा समयमै टेलिफोन जडान भएको छैन् । समयमा टेलिफोन जडान नहुँदा कार्यालयको दैनिक कामकाज र सेवाग्राही समेतले सास्ती खेप्नु परेको कार्यालयले जनाएको छ ।

उता नौवहिनी गाउँपालिका– ५ डाम्रीमा पनि उही समस्याले सेवाग्राही पिडित बनेका छन् । त्यहाँका स्थानीयलाई पनि नेपाल टेलिकमको टावरमा समस्या आउँदा नागरिकहरु सूचना तथा सञ्चारबाट बञ्चित वन्नु परेको वडा अध्यक्ष दलराज पुनमगरले बताए ।

नेपाल टेलिकम बिजुवार प्यूठानका कार्यालय प्रमुख निरन्जन श्रेष्ठले गा्रहकहरुको गुनासो आए पनि कार्यालयसँग पर्याप्त श्रोत साधनको अभावमा समयमै सेवा प्रवाह गर्न नसकेको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...