News Portal

रेडियो सुन्नुहोस्

जनस्वाथ्यकर्मीले दुई लाख छुट गराएपछि सुनारको शव अस्पतालबाट निकालियो

सिखबर संवाददाता१२ मंसिर
१०२३ पटक
१२ मंसिर

नेपाल कम्युनिस्ट पार्टी र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा उपचार खर्च तिर्न नसकेर समस्या परेका रुकुमका टेकेन्द्र सुनारको परिवारलाई सहयोग गरेको छ । काठमाडौँको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा रुकुम मुसिकोट–७ निवासी सुनारको मृत्यु भएको थियो ।

सुनारको उपचारको क्रममा दुई लाख ८० हजार रुपैयाँ खर्च पुगेको थियो तर तिर्न नसकेपछि सुनारको शव आफन्तले निकाल्न सकेका थिएनन् । नेकपाका रुकुम इन्चार्ज नरेन्द्र बिक र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष प्रमोद योगी ‘चिरञ्जिवी’ ले छलफलपछि अस्पताल व्यवस्थापनले दुई लाख छुट गराएको हो । अस्पतालका संचालक श्याम श्रेष्ठले सुनारको उपचार खर्चमध्ये दुई लाख छुट गरेका हुन् । उपचारमा छुटमा भएपछि सुनारका परिवारले शव अस्पतालबाट निकालेका छन् ।

ब्रेन ह्याम्रेजपछि आइसियुमा राखेर उपचार भइरहेको थियो । तर, चिकित्सकहरुले बताउने प्रयास असफल भएको थियो ।
अध्यक्ष योगीले सुनारका परिवारलाई सहयोग गर्न आफूहरुले अस्पताल व्यवस्थापनसँग कुरा गरेर छुट गराएको बताए ।

उनले आफ्नो संगठन विगतदेखि जनताको दुःखमा साथ दिँदै आएको बताए । पीडित परिवार र आफ्नो संगठनको आग्रहमा उपचार खर्चमा उपचारमा दुई लाख छुट गराएको अध्यक्ष योगीले अस्पताल व्यवस्थापनलाई धन्यवाद दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...