News Portal

रेडियो सुन्नुहोस्

बलाराम, पुनम र गणेशले जिते अरुणको बम्पर उपहार

बोम बहादुर परियार२०८० पुस २७
८०९ पटक
२०८० पुस २७

प्युठानको बाग्दुला स्थित उपल्लो चोकमा रहेको अरुण अर्डर एण्ड सप्लायर्सले यस बर्ष दशै तिहारको बेला नयाँ नयाँ योजना सहित ल्याएको बम्पर उपहार योजनाका बिजेताहरुको नाम सार्वजनिक गरेको छ ।
अरुण अर्डर एण्ड सप्लायर्सले हरेक बर्ष दशै तिहारको बेला नयाँ नयाँ योजना सहित बम्पर उपहार योजना ल्याउने गर्दछ । यसवर्षको बम्पर पहिलो उपहार प्युठान नगरपालिका– ८ का बलाराम पौडेलले हात पारेका छन् । उनले ५५ इन्चको फोर के एल. इ. डी. टि.भी प्राप्त गरेका छन ।

दशैं तिहार उपहार योजनामा उनले एउटा वासिङ मेसिन खरिद गरेका थिए । शुक्रबार पत्रकारहरुको रोहवरमा खोलिएको उपहार योजनामा बिजेता पौडेलको ६४१ नम्वरको कुपन थियो उक्त कुपनमा उनले ५५ इन्चको फोर के. एल. इ. डी. ट.भी प्राप्त गरि पहिलो पुरस्कार जितेको अरुण अर्डर एण्ड सप्लायर्सका प्रोपाइटर अरुण कुमार श्रेष्ठले बताए ।

त्यस्तै उपहार योजना अन्तर्गतको दोस्रो बम्पर उपहार गौमुखी गाउँपालिका –६ लिबाङका पुनम सुनारले २२० लिटरको रेफ्रीजेरेटर फ्रिज प्राप्त गरेकी छिन । उनले कपडामा लगाउने एक थान आइरन खरिद गरेकी थिइन । सुनारको ११२ नम्वरको कुपन थियो उक्त कुपनमा उनले फ्रिज जितेकी हुन् ।

त्यस्तै तेस्रो बम्पर उपहार नौवहिनी गाउँपालिका– ७ फोप्लीका गणेश जि ।एम ले खाना बनाउने माइक्रोवायर जितेका छन् । उपहार योजनामा उनले अरुण अर्डर एण्ड सप्लायर्स बाग्दुलाबाट एक थान माइक्रोफोन खरिद गरेका थिए । उनको ७०८ नम्बरको कुपन थियो उक्त कुपनमा जि एम।लाई खानापकाउने मेसिन परेको श्रेष्ठले बताए ।
उपहार जितेका तिनैजना बिजेतालाई केहि दिनमै सामान हस्तान्तरण गरिने प्रोपाइटर श्रेष्ठको भनाइ छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...