News Portal

रेडियो सुन्नुहोस्

बलाराम, पुनम र गणेशले जिते अरुणको बम्पर उपहार

बोम बहादुर परियार२०८० पुस २७
११०१ पटक
२०८० पुस २७

प्युठानको बाग्दुला स्थित उपल्लो चोकमा रहेको अरुण अर्डर एण्ड सप्लायर्सले यस बर्ष दशै तिहारको बेला नयाँ नयाँ योजना सहित ल्याएको बम्पर उपहार योजनाका बिजेताहरुको नाम सार्वजनिक गरेको छ ।
अरुण अर्डर एण्ड सप्लायर्सले हरेक बर्ष दशै तिहारको बेला नयाँ नयाँ योजना सहित बम्पर उपहार योजना ल्याउने गर्दछ । यसवर्षको बम्पर पहिलो उपहार प्युठान नगरपालिका– ८ का बलाराम पौडेलले हात पारेका छन् । उनले ५५ इन्चको फोर के एल. इ. डी. टि.भी प्राप्त गरेका छन ।

दशैं तिहार उपहार योजनामा उनले एउटा वासिङ मेसिन खरिद गरेका थिए । शुक्रबार पत्रकारहरुको रोहवरमा खोलिएको उपहार योजनामा बिजेता पौडेलको ६४१ नम्वरको कुपन थियो उक्त कुपनमा उनले ५५ इन्चको फोर के. एल. इ. डी. ट.भी प्राप्त गरि पहिलो पुरस्कार जितेको अरुण अर्डर एण्ड सप्लायर्सका प्रोपाइटर अरुण कुमार श्रेष्ठले बताए ।

त्यस्तै उपहार योजना अन्तर्गतको दोस्रो बम्पर उपहार गौमुखी गाउँपालिका –६ लिबाङका पुनम सुनारले २२० लिटरको रेफ्रीजेरेटर फ्रिज प्राप्त गरेकी छिन । उनले कपडामा लगाउने एक थान आइरन खरिद गरेकी थिइन । सुनारको ११२ नम्वरको कुपन थियो उक्त कुपनमा उनले फ्रिज जितेकी हुन् ।

त्यस्तै तेस्रो बम्पर उपहार नौवहिनी गाउँपालिका– ७ फोप्लीका गणेश जि ।एम ले खाना बनाउने माइक्रोवायर जितेका छन् । उपहार योजनामा उनले अरुण अर्डर एण्ड सप्लायर्स बाग्दुलाबाट एक थान माइक्रोफोन खरिद गरेका थिए । उनको ७०८ नम्बरको कुपन थियो उक्त कुपनमा जि एम।लाई खानापकाउने मेसिन परेको श्रेष्ठले बताए ।
उपहार जितेका तिनैजना बिजेतालाई केहि दिनमै सामान हस्तान्तरण गरिने प्रोपाइटर श्रेष्ठको भनाइ छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...