News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा सुरु भयो सडक नाटक प्रदर्शन

झुलेनी नेटवर्क२०८० माघ ७
३८१ पटक
२०८० माघ ७

बालबिवाह न्यूनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन नौबहिनी गाउँपालिकामा सुरु भएको छ । आइतबार बाट सुरु भएको नाटक प्रदर्शन लुप्लुङ मा.वि लुप्लुङबाट औपचारिक रुपमा उद्घाटन भएको छ । लुप्लुङ मा.वि लुप्लुङसँगै अम्बिका मा.वि फोप्ली, गंगा मा. वि बहाने र जनज्योती मा.वि लुङमा कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै ८ गते ने. रा.मा.वि डामृ, गावै मा.वि गावै र अन्धनासक मा.वि लिघामा कार्यक्रम हुनेछ भने ९ गते शिव मा.वि स्याउलिवाङ, बराह मा.वि झिम्प र दुर्गा मा.वि खवाङमा कार्यक्रम हुनेछ । ७ नं वडा कार्यालय थात्रामा १० गते कार्यक्रम हुनेछ । नाटक कार्यक्रमको प्रदर्शन कलाकारहरु रामचन्द्र अधिकारी  (गोक्तेकाजी) र सुरविर पण्डित (दारीबा) सहितको टोलीले गरिरहेको छ ।

नौबहिनी गाउँपालिकाले आ.व २०८०/८१ को नीति तथा कार्यक्रमबाट आगामी ४ वर्षमा बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई हासिल गर्नेगरी कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न बालविवाह विरुद्ध राष्ट्रिय कलाकारको नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले बताए ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले बालविवाह उन्मुलनका लागि विद्यार्थी अभिभावक सचेतनात्मक कार्यक्रमु शिर्षकमा ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

१० वटा माध्यमिक विद्यालय र एउटा वडा कार्यालयमा सञ्चालन हुने उक्त नाटक प्रदर्शनीले बालविवाह रोक्न टेवा पुग्ने अपेक्षा गरिएको गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...