News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा सुरु भयो सडक नाटक प्रदर्शन

झुलेनी नेटवर्क२०८० माघ ७
६४८ पटक
२०८० माघ ७

बालबिवाह न्यूनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन नौबहिनी गाउँपालिकामा सुरु भएको छ । आइतबार बाट सुरु भएको नाटक प्रदर्शन लुप्लुङ मा.वि लुप्लुङबाट औपचारिक रुपमा उद्घाटन भएको छ । लुप्लुङ मा.वि लुप्लुङसँगै अम्बिका मा.वि फोप्ली, गंगा मा. वि बहाने र जनज्योती मा.वि लुङमा कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै ८ गते ने. रा.मा.वि डामृ, गावै मा.वि गावै र अन्धनासक मा.वि लिघामा कार्यक्रम हुनेछ भने ९ गते शिव मा.वि स्याउलिवाङ, बराह मा.वि झिम्प र दुर्गा मा.वि खवाङमा कार्यक्रम हुनेछ । ७ नं वडा कार्यालय थात्रामा १० गते कार्यक्रम हुनेछ । नाटक कार्यक्रमको प्रदर्शन कलाकारहरु रामचन्द्र अधिकारी  (गोक्तेकाजी) र सुरविर पण्डित (दारीबा) सहितको टोलीले गरिरहेको छ ।

नौबहिनी गाउँपालिकाले आ.व २०८०/८१ को नीति तथा कार्यक्रमबाट आगामी ४ वर्षमा बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई हासिल गर्नेगरी कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न बालविवाह विरुद्ध राष्ट्रिय कलाकारको नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले बताए ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले बालविवाह उन्मुलनका लागि विद्यार्थी अभिभावक सचेतनात्मक कार्यक्रमु शिर्षकमा ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

१० वटा माध्यमिक विद्यालय र एउटा वडा कार्यालयमा सञ्चालन हुने उक्त नाटक प्रदर्शनीले बालविवाह रोक्न टेवा पुग्ने अपेक्षा गरिएको गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...