

१९ मंसिर, प्यूठानगत असारयता प्यूठानमा अपांगता भएकाहरुलाई दिईने परिचय पत्र बितरण रोकिएपछि सेवाग्राही समस्यामा परेका छन्। विगतमा परिचयपत्र वितरण गर्दै आएको महिला तथा बालबालिका कार्यालय हटेसंगै अपांगता परिचय पत्र वितरण कार्य रोकिएको हो ।
यो अवधिमा परिचय पत्र लिनबाट झन्डै एक सय बढि सेवाग्रही बञ्चित भएको जिल्ला अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताए । अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ बनेपनि निमावली नबेकाले ६ महिनासम्म परिचय पत्र रोकिएको केसीले बताए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट अपांगता परिचय पत्र वितरण सम्बन्धि नमूना कार्यबिधि स्थानीय तहरुमा आएको केसीले बताए । स्थानीय तहहरुले कार्यबिधि नबनाएकाले जिल्लाभर परिचय पत्र वितरणको काम नभएको केसीले सुनाए । ‘नमुना कार्यबिधि स्थानीय तहमा आएको छ,’ उनले भने, ‘स्थानीय तहले कार्यविधि बनाएर कार्यपालिकाबाट अनुमोदन गरेपछि कार्यन्वयन हुने हो । भएको छैन् ।’ आफूहरुले जिल्लाका ९ वटै स्थानीय तहहरुलाई चाडै कार्यविधि बनाएर परिचय पत्र बितरण गर्न आग्रह गर्दै आएको बताए ।
नमुना कार्यबिधि आएकाले यसको आधारमा कार्यबिधि बनाएर गाउ“पालिकाबाटै अपांगता परिचय पत्र बितरण गर्ने कामको चाडै सुरुवात गरिने सरुमारानी गाउपालिका अध्यक्ष झगबहादुर विकले बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।














