News Portal

रेडियो सुन्नुहोस्

अपांगता परिचय पत्र वितरण नहुंदा सेवाग्राहि समस्यामा

सिखबर संवाददाता१९ मंसिर, प्यूठान
२७९९ पटक
१९ मंसिर, प्यूठान

गत असारयता प्यूठानमा अपांगता भएकाहरुलाई दिईने परिचय पत्र बितरण रोकिएपछि सेवाग्राही समस्यामा परेका छन्। विगतमा परिचयपत्र वितरण गर्दै आएको महिला तथा बालबालिका कार्यालय हटेसंगै अपांगता परिचय पत्र वितरण कार्य रोकिएको हो ।

यो अवधिमा परिचय पत्र लिनबाट झन्डै एक सय बढि सेवाग्रही बञ्चित भएको जिल्ला अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताए । अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ बनेपनि निमावली नबेकाले ६ महिनासम्म परिचय पत्र रोकिएको केसीले बताए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट अपांगता परिचय पत्र वितरण सम्बन्धि नमूना कार्यबिधि स्थानीय तहरुमा आएको केसीले बताए । स्थानीय तहहरुले कार्यबिधि नबनाएकाले जिल्लाभर परिचय पत्र वितरणको काम नभएको केसीले सुनाए । ‘नमुना कार्यबिधि स्थानीय तहमा आएको छ,’ उनले भने, ‘स्थानीय तहले कार्यविधि बनाएर कार्यपालिकाबाट अनुमोदन गरेपछि कार्यन्वयन हुने हो । भएको छैन् ।’ आफूहरुले जिल्लाका ९ वटै स्थानीय तहहरुलाई चाडै कार्यविधि बनाएर परिचय पत्र बितरण गर्न आग्रह गर्दै आएको बताए ।

नमुना कार्यबिधि आएकाले यसको आधारमा कार्यबिधि बनाएर गाउ“पालिकाबाटै अपांगता परिचय पत्र बितरण गर्ने कामको चाडै सुरुवात गरिने सरुमारानी गाउपालिका अध्यक्ष झगबहादुर विकले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...