News Portal

रेडियो सुन्नुहोस्

 माओवादीले एमाले उम्मेदवारलाई समर्थन गर्छ : अध्यक्ष ओली

झुलेनी पोष्ट२०८० चैत १७ 
६१६ पटक
२०८० चैत १७ 

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने बताएका छन । बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो वताएका छन।

१५ वैशाखमा उपनिर्वाचन हुने इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबी गरेका हुन । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र न. २ मा अघिल्लो पटक सबै मिल्दा पनि एमालेले जितेको उनले बताए । उनले भने, ‘यस पटक इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन, हामी जित्छौं ।’

यसअघि चुनावमा बझाङ प्रदेशसभा १ मा पनि एमाले कृत्रिम रुपमा हारेको बताए । माओवादी र एकीकृत समाजवादीको बलमा कांग्रेसले जितेको भन्दै उनले भने, ‘मलाई विश्वास छ, माओवादीले अन्तिममा हामीलाई समर्थन गर्छ । किनभने कांग्रेसलाई जिताउन मिल्दैन ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...