News Portal

रेडियो सुन्नुहोस्

 माओवादीले एमाले उम्मेदवारलाई समर्थन गर्छ : अध्यक्ष ओली

झुलेनी पोष्ट२०८० चैत १७ 
३८६ पटक
२०८० चैत १७ 

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने बताएका छन । बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो वताएका छन।

१५ वैशाखमा उपनिर्वाचन हुने इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबी गरेका हुन । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र न. २ मा अघिल्लो पटक सबै मिल्दा पनि एमालेले जितेको उनले बताए । उनले भने, ‘यस पटक इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन, हामी जित्छौं ।’

यसअघि चुनावमा बझाङ प्रदेशसभा १ मा पनि एमाले कृत्रिम रुपमा हारेको बताए । माओवादी र एकीकृत समाजवादीको बलमा कांग्रेसले जितेको भन्दै उनले भने, ‘मलाई विश्वास छ, माओवादीले अन्तिममा हामीलाई समर्थन गर्छ । किनभने कांग्रेसलाई जिताउन मिल्दैन ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...