News Portal

रेडियो सुन्नुहोस्

आदिबासीको प्रमुख चाडमा बिदा हुनु पर्ने माग गर्दै ज्ञापन पत्र

सिखबर संवाददाताप्युठान,२५ मंसिर
१२६० पटक
प्युठान,२५ मंसिर

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् सरुमारानी गाउंपालिका समितिले सरकारले आदिबासी जनजातिको प्रमुख चाडमा गरेको बिदा खारेजीको निर्णयमा आपत्ति जनाउदै मंगलबार ज्ञापन पत्र बुझाएका छन । सरुमारानी गाउपालिका उपाध्यक्ष मिना कुमारी सोमै समक्ष ज्ञापनपत्र पेश गर्दै उनिहरुले सरकारले कटौती गरेको सार्वजनिक बिदा यथाशिघ्र पुर्नस्थापित गर्न माग गरेका हुन। आदिबासी जनजाति समुदायको तमू ल्होसार, सोनम ल्होछार, ग्याल्बो ल्होसार, माघी ÷ मागे सक्रान्ती जस्ता प्रमुख चाडपर्वलाई राष्ट्रिय चाडपर्वको रुपमा एक दिनको दरले दिदै आएको सार्वजनिक बिदालाई नेपाल सरकारले समृद्धिको लागि काम गर्नु पर्ने बहाना बनाएर खारेजीको निर्णय गरेकोमा आपत्ति जनाउदै गाउपालिका मार्फत सरकारलाई ध्यानाकर्षण गराईएको तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् सरुमारानी गाउंपालिका समिति अध्यक्ष डण्ड गुरुङले बताउनुभयो ।
पहिलो तथा दास्रो ऐतिहासिक जनआन्दोलनको उपलब्धिले पाएको अधिकार, आदिबासी जानतातिको माग बिपरित कुनैप्रकारको छलफल, परामर्श नलिई सरकारले एकलौटी ढंगबाट बिदा कटौती गरेकोले बिरोध जनाउदै ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो । सरकार सबै नेपालीको साझा अभिभावक हो भन्ने महसुस भएन । अध्यक्ष गुरुङले भन्नुभयोे,–‘सरकारले कसैलाई काखा कसैलाई पाखा गर्दा हाम्रो चित्त दुखेको छ । ’यदी कुनै पनि बाहानामा हाम्रो मागहरुलाई बेवास्ता गरिएमा सशक्त आन्दोलन गर्न हामी बाध्य हुनेछौ र त्यस आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवारी स्वयं नेपाल सरकार नै हुनेछ ।
सरुमारानी गाउँपालिका २ का वडा सदस्य मिण्टु गुरुङले नजिकिदै गरेको २६०२ औ तमु ्होछार पर्व पुस १५ का दिन गाउसरकारले सार्वजनिक बिदा दिन माग गरेका छन् । हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ष फेरिने भएकाले यो दिनलाई ल्होछार पर्वको रुपमा मानिएको हो ।स्मरण रहोस प्युठानमा पनि गुरुङ समुदायको पर्व ल्होसार विभिन्न कार्यक्रम गरि हर्सोउल्लासका साथ मनाइन्छ ।
सरुमारानी गाउपालिकाको सिरवारी,हंसपुर र दर्भानमा एक सय घरधुरी गुरुङ समुदायको बसोबास छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...