News Portal

रेडियो सुन्नुहोस्

आदिबासीको प्रमुख चाडमा बिदा हुनु पर्ने माग गर्दै ज्ञापन पत्र

सिखबर संवाददाताप्युठान,२५ मंसिर
१२३२ पटक
प्युठान,२५ मंसिर

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् सरुमारानी गाउंपालिका समितिले सरकारले आदिबासी जनजातिको प्रमुख चाडमा गरेको बिदा खारेजीको निर्णयमा आपत्ति जनाउदै मंगलबार ज्ञापन पत्र बुझाएका छन । सरुमारानी गाउपालिका उपाध्यक्ष मिना कुमारी सोमै समक्ष ज्ञापनपत्र पेश गर्दै उनिहरुले सरकारले कटौती गरेको सार्वजनिक बिदा यथाशिघ्र पुर्नस्थापित गर्न माग गरेका हुन। आदिबासी जनजाति समुदायको तमू ल्होसार, सोनम ल्होछार, ग्याल्बो ल्होसार, माघी ÷ मागे सक्रान्ती जस्ता प्रमुख चाडपर्वलाई राष्ट्रिय चाडपर्वको रुपमा एक दिनको दरले दिदै आएको सार्वजनिक बिदालाई नेपाल सरकारले समृद्धिको लागि काम गर्नु पर्ने बहाना बनाएर खारेजीको निर्णय गरेकोमा आपत्ति जनाउदै गाउपालिका मार्फत सरकारलाई ध्यानाकर्षण गराईएको तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् सरुमारानी गाउंपालिका समिति अध्यक्ष डण्ड गुरुङले बताउनुभयो ।
पहिलो तथा दास्रो ऐतिहासिक जनआन्दोलनको उपलब्धिले पाएको अधिकार, आदिबासी जानतातिको माग बिपरित कुनैप्रकारको छलफल, परामर्श नलिई सरकारले एकलौटी ढंगबाट बिदा कटौती गरेकोले बिरोध जनाउदै ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो । सरकार सबै नेपालीको साझा अभिभावक हो भन्ने महसुस भएन । अध्यक्ष गुरुङले भन्नुभयोे,–‘सरकारले कसैलाई काखा कसैलाई पाखा गर्दा हाम्रो चित्त दुखेको छ । ’यदी कुनै पनि बाहानामा हाम्रो मागहरुलाई बेवास्ता गरिएमा सशक्त आन्दोलन गर्न हामी बाध्य हुनेछौ र त्यस आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवारी स्वयं नेपाल सरकार नै हुनेछ ।
सरुमारानी गाउँपालिका २ का वडा सदस्य मिण्टु गुरुङले नजिकिदै गरेको २६०२ औ तमु ्होछार पर्व पुस १५ का दिन गाउसरकारले सार्वजनिक बिदा दिन माग गरेका छन् । हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ष फेरिने भएकाले यो दिनलाई ल्होछार पर्वको रुपमा मानिएको हो ।स्मरण रहोस प्युठानमा पनि गुरुङ समुदायको पर्व ल्होसार विभिन्न कार्यक्रम गरि हर्सोउल्लासका साथ मनाइन्छ ।
सरुमारानी गाउपालिकाको सिरवारी,हंसपुर र दर्भानमा एक सय घरधुरी गुरुङ समुदायको बसोबास छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...