News Portal

रेडियो सुन्नुहोस्

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

बिबश जि.एम२०८१ बैशाख १
१५५ पटक
२०८१ बैशाख १

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम भईरहेको छ । त्यसको लागि वितरण केन्द्रले ६ करोड बजेट माग समेत गरेको छ । जिल्लाका ९ स्थानीय तह मध्ये नौबहिनी र गौमुखी गाउँपालिकाको केही स्थानमा विद्युत लाइन विस्तार गरे जिल्लाको सबै ठाउँमा विद्युत पुग्ने प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासले बताए । उनका अनुसार हालसम्म ९७ प्रतिशत घरधुरीमा विद्युत पुगिसकेको छ ।

‘‘केही ठाउँमा विद्युत पुग्न बाकी छ,” कार्यालय प्रमुख दासले भने, ‘‘नौबहिनी र गौमुखीका केही वडामा विद्युत पुगेपछि जिल्ला पूर्ण विद्युतिकरण हुन्छ ।” कार्यालयका अनुसार नौबहिनीको १ नं वडा स्याउलिबाङ सबै, ३ नं खवाङमा ४० घरधुरी र गौमुखी गाउँपालिकाको ३ रजवारामा विद्युतिकरण भएपछि उज्यालो प्यूठान घोषणा हुनेछ ।

आवश्यक सामानहरु केन्द्रबाट नै आउने भएकाले विद्युत प्राधिकरणमा सिमित मात्रामा बजेट आउने गरेको प्रमुख दासको भनाई छ । आर्थिक बर्ष २०७९/०८० र २०८०/०८१ मा विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका लागि १÷१ करोड बजेट विनियोजन भएको थियो । ८ बर्षसम्म अलपत्र अवस्थामा रहेको प्यूठानको दम्ती सवस्टेशनको काम धेरै कारणले गर्दा रोकिएको कार्यालय प्रमुख दासले बताए ।

आर्थिक बर्ष २०७१/०७२ सालमा सवस्टेशनको काम सुरु भएको तर सो समयमा नाङ्गो तार भएकाले पनि त्यस तारलाई स्थानीयले विस्तार गर्न नदिएपछि काम रोकिएको कार्यालयको भनाई छ । सवस्टेशनको अवस्थाको बारेमा परिक्षण गरिरहेको कार्यालय प्रमुख दासले बताए । दम्ती सवस्टेशन सञ्चालनमा नआउँदा विद्युत आउने जाने समस्या भईरहेको छ ।

दम्ती सवस्टेशनको कामलाई अगाडी बढाउन ५ करोडमा आरके इन्टरनेशन नेपाल काठमाडौँले जिम्मा पाएको थियो । २०७५ भदौ सम्ममा काम सक्ने गरी ठेक्का लिएको कम्पनीले समयमा काम गर्न नसक्ने भएपछि २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको थियो । तर अहिलेसम्म पनि त्यो काम सञ्चालन हुन सकेको छैन् ।

प्रतिकृया दिनुहोस्

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...