News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

झुलेनी नेटवर्क२०८१ जेठ ३२, प्यूठान
३५८ पटक
२०८१ जेठ ३२, प्यूठान

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ ।

संयुक्त राष्ट संघमार्फत विश्व समुदायले अवलम्वन गरेको दिगो विकास लक्ष्यहरु हासिल गर्न स्थानीय तहवाटै दिगो विकास लक्ष्यहरुको कार्यन्वयन गर्न आवश्यक रहेकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधी र कर्मचारीको त्यससम्वन्धीे क्षेमता विकासका लागि कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोषन’ ले वताए ।

‘दिगो विकासका लागि सवै पक्षहरुले हातेमालो गरेर अगाडि वढ्न आवश्यक छ ।’ दिगो विकासको स्थानीयकरणसम्वन्धि अभिमुखिकरण कार्यक्रममा वोल्दै अध्यक्ष अधिकारीले भने– ‘त्यसका लागि स्वार्थका सर्तहरु त्यागेर शाझा लक्ष्यका लागि सवै पक्ष गोलवन्द हुनु पर्दछ ।’

जनप्रतिनिधी र कर्मचारीहरुलाई दिगो विकास लक्ष्यवारे अभिमुखिकरण तथा क्षेमता विकासका लागि गाउँपालिकाले २ दिने दिगो विकास लक्ष्यहरुको स्थानीयकरण सम्बन्धी अभिमुखिकरण तथा क्षेमता विकास कार्यक्रम सम्पन्न गरेको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।

बुधवार र विहिवार सञ्चालित अभिमुखिकरण तथा क्षेमता विकास कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो । योजना तर्जुमा, मध्यकालिन खर्च संरचना र दिगो विकासका लक्ष्यहरु सहित यसको स्थानीयकरणको अवधारणावारे जानकारी दिनुका साथै स्थानीयकरणका विविध सवालहरुमा कार्यक्रममा छलफल भएको थियो ।

माण्डवी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण सरोकार सञ्चार तथा मानव संसाधन विकास केन्द्रले गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...