News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

झुलेनी नेटवर्क२०८१ जेठ ३२, प्यूठान
५४६ पटक
२०८१ जेठ ३२, प्यूठान

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ ।

संयुक्त राष्ट संघमार्फत विश्व समुदायले अवलम्वन गरेको दिगो विकास लक्ष्यहरु हासिल गर्न स्थानीय तहवाटै दिगो विकास लक्ष्यहरुको कार्यन्वयन गर्न आवश्यक रहेकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधी र कर्मचारीको त्यससम्वन्धीे क्षेमता विकासका लागि कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोषन’ ले वताए ।

‘दिगो विकासका लागि सवै पक्षहरुले हातेमालो गरेर अगाडि वढ्न आवश्यक छ ।’ दिगो विकासको स्थानीयकरणसम्वन्धि अभिमुखिकरण कार्यक्रममा वोल्दै अध्यक्ष अधिकारीले भने– ‘त्यसका लागि स्वार्थका सर्तहरु त्यागेर शाझा लक्ष्यका लागि सवै पक्ष गोलवन्द हुनु पर्दछ ।’

जनप्रतिनिधी र कर्मचारीहरुलाई दिगो विकास लक्ष्यवारे अभिमुखिकरण तथा क्षेमता विकासका लागि गाउँपालिकाले २ दिने दिगो विकास लक्ष्यहरुको स्थानीयकरण सम्बन्धी अभिमुखिकरण तथा क्षेमता विकास कार्यक्रम सम्पन्न गरेको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।

बुधवार र विहिवार सञ्चालित अभिमुखिकरण तथा क्षेमता विकास कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो । योजना तर्जुमा, मध्यकालिन खर्च संरचना र दिगो विकासका लक्ष्यहरु सहित यसको स्थानीयकरणको अवधारणावारे जानकारी दिनुका साथै स्थानीयकरणका विविध सवालहरुमा कार्यक्रममा छलफल भएको थियो ।

माण्डवी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण सरोकार सञ्चार तथा मानव संसाधन विकास केन्द्रले गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...