News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

बिबश जि.एम२०८१ असार ३
४४७ पटक
२०८१ असार ३

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागितामा आर्थिक बर्ष २०८१÷०८२ को बजेट वाडफाड अन्तरगत प्रारम्भिक चरणमा सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य र समावेशीकरण तर्फका विभिन्न शिर्षकहरुमा छलफल भएको हो । छलफलका क्रममा विषयगत समितका प्रमुखहरुले पहिलेको भन्दा यस आर्थिक बर्षमा विनियोजन हुने बजेटलाई व्यवस्थित तरिकाले सम्पन्न हुने गरी बजेटको आकार बनाउन आग्रह गरेका छन् । त्यस्तै जनतासँग सम्बन्धित कार्यक्रमलाई अघि सार्न समेत सुझाब दिएका छन् ।

आर्थिक बर्ष २०८१/०८२ को लागि शिक्षातर्फ २ करोड ७६ लाख, स्वास्थ्यमा १ करोड ७३ लाख, लघुउद्यम तर्फ ४० लाखको बजेट विनियोजन गर्न शाखाले माग गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । सहभागिहरुको सुझाब अनुसार शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बाँडफाड गर्ने नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको भनाई छ ।

सामाजिक विकास समितिका अध्यक्ष घन बहादुर बुढा मगरको अध्यक्षतामा भएको बैठकमा उपाध्य बिष्णा थापा, वडाका वडाध्यक्षहरु, सामाजिक विकास समितिका सदस्य लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...