News Portal

रेडियो सुन्नुहोस्

बत्तिमुनीको उज्यालो मल्लरानी तीन

झुलेनी नेटवर्क२०८१ असार १८
४५८ पटक
२०८१ असार १८

जिल्लाको सदरमुकाम रहेको खलंगा मल्लरानी गाउँपालिका भित्र छ । सदरमुकाम सहितका वरिपरिका बस्तीहरुमा विजुलीको पहुँच पुगेको पनि दुई दशक भन्दा बढि भयो तर गरिवहरुलाई टुकि नै प्यारो भयो । मल्लरानी गाउँपालिका वडा नं.–३ ले आर्थिक बर्ष २०८०/०८१ मा अन्धकारमुक्त मल्लरानी– ३ कार्यक्रम राखि बजेटको ब्यवस्था गरेर गरिवहरुको घरमा बिजुली पुर्याउने लक्ष्यमा सोमबार सफल भयो ।

बत्तिमुनीको अध्यारोलाई उज्यालोमा रुपान्तरण गर्न यो कार्यक्रम लिएको मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए । दुई दशक भन्दा बढि भयो गाउँमा बिजुली आएको तर गरिवलाई कहिल्यै आएन अध्यक्ष पौडेलले भने ‘बत्तिमुनीको अध्यारोलाई उज्यालोमा परिणत गरि गरिवको मुखमा हाँसो ल्याउन यो कार्यक्रम राखेको हो ।’ पौडेलले श्रमजीवि गरिव जनताहरु घरमा उज्यालो हुने भएपछि खुसी रहेको बताए ।

७३ बर्षिय दिर्घ सार्किले घरमा बिजुली कहिल्यै बालेनन् । घरमा भएको सोलारले पनि काम गरेन । वडा कार्यालयले वितरण गरेको मिटर, कालोतार एम.सि.वि बुझेपछि उनले भने–‘ मर्नेबेलामा भएपनि बिजुली बत्ती बाल्न पाईयो धन्यवाद छ अध्यक्षसाव ।’ सामग्री बुझेपछि उनले सबैका अगाडि गित गाएर रमाइलो समेत गरेका थिए ।

उनले आधिखोलामा मिटर पाईयो ए हजुर मर्नेबेलामा बोलको गित गाएर आफै नाँचेर सवैलाई हसाउँन समेत भ्याए । नागरिकको खुसी सानो कुरामा हुने भएकोले विपन्न बर्ग यो कार्यक्रमबाट लाभान्वित भएको वडा सचिव मनोज कुमार जि.सी बताउछन् ।

कार्यक्रममा सहभागि ६५ बर्षिय गिरा घर्तिमगरले टुकि र दियालो बालेर बसेको भन्दै अव बिजुली बाल्न पाउँदा निकै हर्षित भएको प्रतिकृया दिईन् । गरिवलाई अध्यक्षसावले हेर्नुभयो उनले भनिन्–‘मर्नेबेलामा भएपनि घरमा मिटर जोडेर बिजुली बाल्न पाइनेभयो ।’ वडाले ३ लाखको लागतमा बिजुलीबत्ती नपुगेका वडाका ४६ घरधुरीमा बिजुली पुर्‍याएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...