News Portal

रेडियो सुन्नुहोस्

बत्तिमुनीको उज्यालो मल्लरानी तीन

झुलेनी नेटवर्क२०८१ असार १८
८०५ पटक
२०८१ असार १८

जिल्लाको सदरमुकाम रहेको खलंगा मल्लरानी गाउँपालिका भित्र छ । सदरमुकाम सहितका वरिपरिका बस्तीहरुमा विजुलीको पहुँच पुगेको पनि दुई दशक भन्दा बढि भयो तर गरिवहरुलाई टुकि नै प्यारो भयो । मल्लरानी गाउँपालिका वडा नं.–३ ले आर्थिक बर्ष २०८०/०८१ मा अन्धकारमुक्त मल्लरानी– ३ कार्यक्रम राखि बजेटको ब्यवस्था गरेर गरिवहरुको घरमा बिजुली पुर्याउने लक्ष्यमा सोमबार सफल भयो ।

बत्तिमुनीको अध्यारोलाई उज्यालोमा रुपान्तरण गर्न यो कार्यक्रम लिएको मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए । दुई दशक भन्दा बढि भयो गाउँमा बिजुली आएको तर गरिवलाई कहिल्यै आएन अध्यक्ष पौडेलले भने ‘बत्तिमुनीको अध्यारोलाई उज्यालोमा परिणत गरि गरिवको मुखमा हाँसो ल्याउन यो कार्यक्रम राखेको हो ।’ पौडेलले श्रमजीवि गरिव जनताहरु घरमा उज्यालो हुने भएपछि खुसी रहेको बताए ।

७३ बर्षिय दिर्घ सार्किले घरमा बिजुली कहिल्यै बालेनन् । घरमा भएको सोलारले पनि काम गरेन । वडा कार्यालयले वितरण गरेको मिटर, कालोतार एम.सि.वि बुझेपछि उनले भने–‘ मर्नेबेलामा भएपनि बिजुली बत्ती बाल्न पाईयो धन्यवाद छ अध्यक्षसाव ।’ सामग्री बुझेपछि उनले सबैका अगाडि गित गाएर रमाइलो समेत गरेका थिए ।

उनले आधिखोलामा मिटर पाईयो ए हजुर मर्नेबेलामा बोलको गित गाएर आफै नाँचेर सवैलाई हसाउँन समेत भ्याए । नागरिकको खुसी सानो कुरामा हुने भएकोले विपन्न बर्ग यो कार्यक्रमबाट लाभान्वित भएको वडा सचिव मनोज कुमार जि.सी बताउछन् ।

कार्यक्रममा सहभागि ६५ बर्षिय गिरा घर्तिमगरले टुकि र दियालो बालेर बसेको भन्दै अव बिजुली बाल्न पाउँदा निकै हर्षित भएको प्रतिकृया दिईन् । गरिवलाई अध्यक्षसावले हेर्नुभयो उनले भनिन्–‘मर्नेबेलामा भएपनि घरमा मिटर जोडेर बिजुली बाल्न पाइनेभयो ।’ वडाले ३ लाखको लागतमा बिजुलीबत्ती नपुगेका वडाका ४६ घरधुरीमा बिजुली पुर्‍याएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...