News Portal

रेडियो सुन्नुहोस्

विष्णु माझीको यस वर्षको तीज गीत “आइन आमा ….” सार्वजनिक भयो

बोम बहादुर परियार २०८१ भाद्र ८
९१२ पटक
२०८१ भाद्र ८

दर्सक तथा श्रोताहरुको सर्वाधिक रोजाइमा परेकी लोक तथा दोहोरी गायीका विष्णु माझीको यस बर्ष पनि तीजको गीत सार्वजनिक भएको छ ।
युट्युवमा सार्वजनिक “आइन आमा यो तीजमा” बोलको गीतमा विष्णु माझीको एकल स्वर रहेको छ ।
विष्णु माझीको नयाँ तीजको गित सुन्न र हेर्नको लागी दर्शक एवम श्रोता आतुर थिए । शनिवार विहान विष्णु माझीको यस वर्षको तीजको गीत सार्वजनिक भएको हो ।
एकै झल्को देख्न मन छ
तिम्रो आँगन टेक्न मन छ
आइनँ आमा ओ यो तीजैमा
पुतलीको भट्टी भाग २० अन्तर्गत सार्वजनिक गीत सपना म्यूजिक ईन्डस्ट्रीज युट्युव मार्फत बजारमा आएको छ ।
विष्णु माझीले हरेक वर्ष तीज नजिकिनै लाग्दा आफ्नो गित बजारमा ल्याउछिन । तर उनका गीत सधै सर्बाधीक रुचाईन्छन ।
बजारमा आएका छाडा तीजका गीत सुन्दा र हेर्दा दिक्कीएका दर्शक एबम श्रोताहरु विष्णु माझीको तीज गीत बजारमा आएपछी तीज आएको महसुस भयो भन्दै प्रतिक्रिया लेखेका छन् ।
विष्णु माझीका श्रीमान सुनदरमणि अधिकारीले रचना र संगित गरेको यो गीतमा चेलिहरुको वेदना समेटिएको छ । उनले यो गितमा विहे गरेर पराइ घर गएकी चेलि तीजमा माइत जान नपाएको बोलेकी छिन । साथै एउटी चेलि घरमा श्रीमान वाट दोस्रो विवाह र दुव्र्यवहार हुदा समेत आफ्नो दुख र व्यथा लुकाएर माइतिलाइ आफु सुखी खुशी एवम अराम रहेको भन्दै गीत गायकी छिन ।

यो गीतको भाव र दृष्य हेर्दा र सुन्दा जो कोही चेलिको पनि मन रुन्छ ।
सुन्दरमणिकै निर्देशनमा तयार पारिएको भिडियोमा ललिता पौडेलले प्रमुख अभिनय गरेकी छिन । यो गीतको भिडियो सपना म्यूजिक ईन्डस्ट्रीज युट्युव मार्फत हेर्न र सुन्न सकिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...