News Portal

रेडियो सुन्नुहोस्

विष्णु माझीको यस वर्षको तीज गीत “आइन आमा ….” सार्वजनिक भयो

बोम बहादुर परियार २०८१ भाद्र ८
८४ पटक
२०८१ भाद्र ८

दर्सक तथा श्रोताहरुको सर्वाधिक रोजाइमा परेकी लोक तथा दोहोरी गायीका विष्णु माझीको यस बर्ष पनि तीजको गीत सार्वजनिक भएको छ ।
युट्युवमा सार्वजनिक “आइन आमा यो तीजमा” बोलको गीतमा विष्णु माझीको एकल स्वर रहेको छ ।
विष्णु माझीको नयाँ तीजको गित सुन्न र हेर्नको लागी दर्शक एवम श्रोता आतुर थिए । शनिवार विहान विष्णु माझीको यस वर्षको तीजको गीत सार्वजनिक भएको हो ।
एकै झल्को देख्न मन छ
तिम्रो आँगन टेक्न मन छ
आइनँ आमा ओ यो तीजैमा
पुतलीको भट्टी भाग २० अन्तर्गत सार्वजनिक गीत सपना म्यूजिक ईन्डस्ट्रीज युट्युव मार्फत बजारमा आएको छ ।
विष्णु माझीले हरेक वर्ष तीज नजिकिनै लाग्दा आफ्नो गित बजारमा ल्याउछिन । तर उनका गीत सधै सर्बाधीक रुचाईन्छन ।
बजारमा आएका छाडा तीजका गीत सुन्दा र हेर्दा दिक्कीएका दर्शक एबम श्रोताहरु विष्णु माझीको तीज गीत बजारमा आएपछी तीज आएको महसुस भयो भन्दै प्रतिक्रिया लेखेका छन् ।
विष्णु माझीका श्रीमान सुनदरमणि अधिकारीले रचना र संगित गरेको यो गीतमा चेलिहरुको वेदना समेटिएको छ । उनले यो गितमा विहे गरेर पराइ घर गएकी चेलि तीजमा माइत जान नपाएको बोलेकी छिन । साथै एउटी चेलि घरमा श्रीमान वाट दोस्रो विवाह र दुव्र्यवहार हुदा समेत आफ्नो दुख र व्यथा लुकाएर माइतिलाइ आफु सुखी खुशी एवम अराम रहेको भन्दै गीत गायकी छिन ।

यो गीतको भाव र दृष्य हेर्दा र सुन्दा जो कोही चेलिको पनि मन रुन्छ ।
सुन्दरमणिकै निर्देशनमा तयार पारिएको भिडियोमा ललिता पौडेलले प्रमुख अभिनय गरेकी छिन । यो गीतको भिडियो सपना म्यूजिक ईन्डस्ट्रीज युट्युव मार्फत हेर्न र सुन्न सकिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल: २०८१ आश्विन ३ बिहिवार

मेष प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला...

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको...

आजको राशिफल: २०८१ आश्विन २ बुधवार

मेष आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल...

प्यूठानको विकासमा योगदान दिनेछु : मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले छिमेकी जिल्ला भन्दा...

आजको राशिफल : २०८१ असोज १ मंगलवार

मेष उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि...