News Portal

रेडियो सुन्नुहोस्

पूर्वमन्त्री शर्माले भेटिन बुढादेवीका बाढीपीडितलाई

शशिधर भण्डारी२०८१ भदौ १०
३८० पटक
२०८१ भदौ १०

प्युठान नगरपालिका– ९ र १० बुढादेवीका विस्थापित बाढीपीडितलाई भेट्न पूर्व सञ्चार मन्त्री रेखा शर्मा पुगेकी छन् । सोमबार उनीसहित लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्का, प्युठान नगरपालिकाका पूर्व नगर प्रमुख अर्जुन कुमार कक्षपत प्रभावित क्षेत्रमा पुगेका हुन् ।

बाढी प्रभावित क्षेत्रको अवस्था, पीडितहरूको गुनासो सुन्न बुढादेवी आएको पूर्व मन्त्री शर्माले जानकारी दिइन् । प्रतिनिधि सभा सदस्य शर्माले बाढीपीडितको समस्या समाधानका लागि नेपाल सरकारलाई जिम्मेवार बनाउन संसद्मा कुराहरू राख्ने, विभिन्न कार्यालयहरूमा समन्वय गरी पीडितको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

त्यसै गरी खड्काले बाढी प्रभावित क्षेत्रको समस्या समाधानका लागि सरकार सङ्गै अन्य क्षेत्रमा समेत सहयोगको अपिल गर्नुपर्ने धारणा राख्दै पीडितको पुनः स्थापनामा आफ्नो सक्दो पहल रहने कुरा व्यक्त गरे ।

साउन १० गते भुस वाङ खोलामा लेदो सहितको बाढी आइ घरमा पस्दा प्युठान नगरपालिका–९ र १० का १५ घर विस्थापित भएका थिए । विस्थापित परिवारको पुनः स्थापनाको कुनै टुङ्गो छैन । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनः स्थापना नहुँदा पीडितहरू चिन्तित छन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई सरकारले पुनः स्थापना गर्न कुनै कदम नचालेको गुनासो छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...