News Portal

रेडियो सुन्नुहोस्

पूर्वमन्त्री शर्माले भेटिन बुढादेवीका बाढीपीडितलाई

शशिधर भण्डारी२०८१ भदौ १०
५१६ पटक
२०८१ भदौ १०

प्युठान नगरपालिका– ९ र १० बुढादेवीका विस्थापित बाढीपीडितलाई भेट्न पूर्व सञ्चार मन्त्री रेखा शर्मा पुगेकी छन् । सोमबार उनीसहित लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्का, प्युठान नगरपालिकाका पूर्व नगर प्रमुख अर्जुन कुमार कक्षपत प्रभावित क्षेत्रमा पुगेका हुन् ।

बाढी प्रभावित क्षेत्रको अवस्था, पीडितहरूको गुनासो सुन्न बुढादेवी आएको पूर्व मन्त्री शर्माले जानकारी दिइन् । प्रतिनिधि सभा सदस्य शर्माले बाढीपीडितको समस्या समाधानका लागि नेपाल सरकारलाई जिम्मेवार बनाउन संसद्मा कुराहरू राख्ने, विभिन्न कार्यालयहरूमा समन्वय गरी पीडितको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

त्यसै गरी खड्काले बाढी प्रभावित क्षेत्रको समस्या समाधानका लागि सरकार सङ्गै अन्य क्षेत्रमा समेत सहयोगको अपिल गर्नुपर्ने धारणा राख्दै पीडितको पुनः स्थापनामा आफ्नो सक्दो पहल रहने कुरा व्यक्त गरे ।

साउन १० गते भुस वाङ खोलामा लेदो सहितको बाढी आइ घरमा पस्दा प्युठान नगरपालिका–९ र १० का १५ घर विस्थापित भएका थिए । विस्थापित परिवारको पुनः स्थापनाको कुनै टुङ्गो छैन । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनः स्थापना नहुँदा पीडितहरू चिन्तित छन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई सरकारले पुनः स्थापना गर्न कुनै कदम नचालेको गुनासो छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...