News Portal

रेडियो सुन्नुहोस्

पूर्वमन्त्री शर्माले भेटिन बुढादेवीका बाढीपीडितलाई

शशिधर भण्डारी२०८१ भदौ १०
५८१ पटक
२०८१ भदौ १०

प्युठान नगरपालिका– ९ र १० बुढादेवीका विस्थापित बाढीपीडितलाई भेट्न पूर्व सञ्चार मन्त्री रेखा शर्मा पुगेकी छन् । सोमबार उनीसहित लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्का, प्युठान नगरपालिकाका पूर्व नगर प्रमुख अर्जुन कुमार कक्षपती प्रभावित क्षेत्रमा पुगेका हुन् ।

बाढी प्रभावित क्षेत्रको अवस्था, पीडितहरूको गुनासो सुन्न बुढादेवी आएको पूर्व मन्त्री शर्माले जानकारी दिइन् । प्रतिनिधि सभा सदस्य शर्माले बाढीपीडितको समस्या समाधानका लागि नेपाल सरकारलाई जिम्मेवार बनाउन संसद्मा कुराहरू राख्ने, विभिन्न कार्यालयहरूमा समन्वय गरी पीडितको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

त्यसै गरी खड्काले बाढी प्रभावित क्षेत्रको समस्या समाधानका लागि सरकार सङ्गै अन्य क्षेत्रमा समेत सहयोगको अपिल गर्नुपर्ने धारणा राख्दै पीडितको पुनः स्थापनामा आफ्नो सक्दो पहल रहने कुरा व्यक्त गरे ।

साउन १० गते भुस वाङ खोलामा लेदो सहितको बाढी आइ घरमा पस्दा प्युठान नगरपालिका–९ र १० का १५ घर विस्थापित भएका थिए । विस्थापित परिवारको पुनः स्थापनाको कुनै टुङ्गो छैन । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनः स्थापना नहुँदा पीडितहरू चिन्तित छन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई सरकारले पुनः स्थापना गर्न कुनै कदम नचालेको गुनासो छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...