News Portal

रेडियो सुन्नुहोस्

यौटा वालविवाह छुटाईएको मर्कावाङ्गमा १५ वढी वालविवाह

सिखबर संवाददाता४ पौष, प्यूठान
२२२६ पटक
४ पौष, प्यूठान

जिल्लावाट एक टोलि पुगेर यौटा वालविवाह छुटाउन अभिभावकलाई आग्रह गरेको गाँउमा १५ वटा वालविवाह भएको पाईएको छ।

प्यूठानको माण्डवि गाउँपालीका २ (साविकको मार्कावाङ्ग)मा प्रहरि, गाउँपालीका उपप्रमुख, वालसञ्जाल र सरोकारवाला पुगेर मंसिर २९ गते वालविवाह छुटाउन अभिभावकलाई आग्रह गरेका थिए। तर, सोहि ठाँउमा मंसिर महिनामा १५ वटा वालविवाह भएको खुल्न आएको छ।

साविकको मर्कावाङ्ग (माण्डवि गाउँपालीका २) मा रहेको सुन्नानि आधार मा.वी. का १५ जना विद्यार्थीले विवाह गरेको श्रोतले जनाएको छ। विद्यालय श्रोतका अनुसार विद्यालयको कक्षा ८ मा ९ जना, कक्षा ९ मा ५ जना र कक्षा १० मा एकजना विद्यार्थीले विवाह गरेका हुन।

स्थानिय र वालसञ्जालले दिएको सुचनाको आधारमा मंसिर १ गते २० वर्षको पुरुष र १८ वर्षकि किसोरीविच भएको वालविवाह छुटाउन मंसिर २९ गते मर्कावाङ्ग पुगिएको जिल्ला वाल सञ्जालका अध्यक्ष प्रेमवहादुर विश्वकर्माले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...