News Portal

रेडियो सुन्नुहोस्

फोटो पत्रकार महासंघ प्युठानको अध्यक्षमा रिजाल

मधुसुदन पोख्रेलप्युठान,५ पुस
२०५० पटक
प्युठान,५ पुस

फोटो पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा सागर रिजाल चयन भएका छन् । प्युठानमा पहिलो पटक भएको पटक भएको भेलाले रिजाललाई सर्वसहमत चयन गरेको हो । फोटो पत्रकार महासंघ नेपाल का केन्द्रीय सचिव बालकृष्ण थापा र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा ७ सदस्य तदर्थ समिति गठन गरिएको हो । ्
महासंघको उपाध्यक्षमा राधिका भुसाल,सचिव शम्सेर विक्रम जिसी,सहसचिव सृजना सेन , कोषाध्यक्ष मधुसुदन पोख्रेल र सदस्यहरुमा बोम बहादुर परियार,राजेश जि सी चयन भएका छन ।
२०७४ सालमा स्थापना भएको फोटो पत्रकार महासंघले ३४ औ शाखाको रुपमा प्युठानमा गठन गरिएको हो ।
महासंघका केन्द्रीय सचिव थापाले फोटो पत्रकारलाई चुनौति पनि छ तर चुनौतिको साथै अवसरको लागि पनि विशेष महत्व रहेको बताए । उनले भने,‐‘ फोटो आफै बोल्ने भएकाले प्रमाणको लागि बलियो आधार बन्न सक्छ । ’ साथै उनले महासंघ ले फोटो पत्रकारका लागि विमा क्यामराको विमा बनाउन पहल गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला साखा प्युठानका उपाध्यक्ष एलवि थापा ले फोटो वलियो प्रमाण भएकाले फोटो खिच्ने शैलीको विकास गर्नको लागि तालिम संचालन गर्नु पर्ने बताए । उनले भने,‐‘फोटो पत्रकारले सबै संग सहकार्य गरि काम गरोस । ’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ग्लोबल आइएमई बैंकद्वारा बृक्षारोपण

ग्लोबल आइएमई बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर मंगलबार...

निशुल्क सिविरमा ७५ जनाको पाठेघरको शल्यक्रिया, १७ जना रिफर

विजुवारमा सञ्चालित एक हप्ते पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क सिविरमा ७५ जनाको शल्यक्रिया भएको...

निर्माण कार्यले विजुवार-ढुंगेठाँटी सडकखण्ड २१ दिनका लागि बन्द

निर्माण कार्य सम्पन्न गर्नका लागि प्यूठान नगरपालिका ४ विजुवारदेखि प्यूठान नगरपालिका ५ ढुंगेठाँटी जाने सडक...

पाहुनाहरूको मन जित्दै ‘रुमाले होमस्टे’

पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक अन्तर्गत रुमालेको होमस्टेले पाहुनाको मन जित्दै छ । जिल्ला भित्र...

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक...