News Portal

रेडियो सुन्नुहोस्

फोटो पत्रकार महासंघ प्युठानको अध्यक्षमा रिजाल

मधुसुदन पोख्रेलप्युठान,५ पुस
२३१६ पटक
प्युठान,५ पुस

फोटो पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा सागर रिजाल चयन भएका छन् । प्युठानमा पहिलो पटक भएको पटक भएको भेलाले रिजाललाई सर्वसहमत चयन गरेको हो । फोटो पत्रकार महासंघ नेपाल का केन्द्रीय सचिव बालकृष्ण थापा र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा ७ सदस्य तदर्थ समिति गठन गरिएको हो । ्
महासंघको उपाध्यक्षमा राधिका भुसाल,सचिव शम्सेर विक्रम जिसी,सहसचिव सृजना सेन , कोषाध्यक्ष मधुसुदन पोख्रेल र सदस्यहरुमा बोम बहादुर परियार,राजेश जि सी चयन भएका छन ।
२०७४ सालमा स्थापना भएको फोटो पत्रकार महासंघले ३४ औ शाखाको रुपमा प्युठानमा गठन गरिएको हो ।
महासंघका केन्द्रीय सचिव थापाले फोटो पत्रकारलाई चुनौति पनि छ तर चुनौतिको साथै अवसरको लागि पनि विशेष महत्व रहेको बताए । उनले भने,‐‘ फोटो आफै बोल्ने भएकाले प्रमाणको लागि बलियो आधार बन्न सक्छ । ’ साथै उनले महासंघ ले फोटो पत्रकारका लागि विमा क्यामराको विमा बनाउन पहल गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला साखा प्युठानका उपाध्यक्ष एलवि थापा ले फोटो वलियो प्रमाण भएकाले फोटो खिच्ने शैलीको विकास गर्नको लागि तालिम संचालन गर्नु पर्ने बताए । उनले भने,‐‘फोटो पत्रकारले सबै संग सहकार्य गरि काम गरोस । ’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...