News Portal

रेडियो सुन्नुहोस्

पैदल हिड्छन वडाअध्यक्ष!

 सागर रिजाल६ पुष, प्यूठान
१७५० पटक
६ पुष, प्यूठान

हुम बहादुर रासकोटी स्थानिय तहको निर्वाचनमा ऐरावती गाउँपालिका‐२ को वडा सदस्यमा निर्वाचित भएका थिए । २ नंम्बर वडामा राष्ट्रिय जनमोर्चा निकट केशव राज आचार्य वडा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएका आचार्य २ महिना वडा अध्यक्षको जिम्मेवारी पछि जिल्ला समन्वय समितिको प्रमुख बने । आचार्य जिल्ला समन्वय समितिको प्रमुख भएपछि वडा सदस्य मध्य जेष्ठ सदस्यको हैसिएतले वडाको कार्यवाहक अध्यक्षको पद समाल्न रासकोटीलाई पार्टीले आग्रह ग¥यो ।

उनी वडाअध्यक्ष भए । दुरीको हिसाबले गाउँपालिकाकै सबैभन्दा टाढा ऐरावती‐२ मसिना (साविकको बरौला गाविसमा उनको घर हो । रासकोटि अहिले ६९ वर्ष पुगे । यो बुड्यौलीमा पनि उनी पैदलै हिडेर वडा कार्यालय पुग्छन् । मसिना बाट गाउँपालिका आउन पैदल ६ घण्टा र २ नंम्बर वडा कार्यालय आउन ३ घण्टा लाग्दछ । ३ घण्टा पैदल हिनेर उनी वडा कार्यालयमा सेवा दिन आउने बताए।

कार्यवाहक अध्यक्षको काम सम्हाले पछि सुरुसुरुमा घरबाट आए । उनले भने,‐‘घर टाढा, गाडी हिड्ने सड्क थिएन, अनि होटलमा भाडा लिएर बसे ।’ घर टाढा प¥यो,सेवा ग्राहीले अत्ताउथे । उनले भने, ‐‘हाँल वडामा काम पर्दा वडा कार्यालयमै र गाउँपालिकाको काम गर्दा बरौला बजारमा कोठा भाडा लिएर काम गरिरहेको बताए ।’ उनले भने,‐‘सबै वडा अध्यक्षहरु घर जानुहुन्छ मेरो घर दुर्गममा भएकाले वडा कार्यालयमै बसेको छु ।’

उनी शुक्रबार पैदल घर जान्छन् । रासकोटीको श्रीमती , १ छोरी र ३ छोरा रहेका छन् । वडा अध्यक्षको घर जाने सड्क छैन । वडा अध्यक्ष घर जाने सड्क छैन् वडा अध्यक्ष घर जाने सड्क छैन् । वडा अध्यक्ष घर जादाँ पैदल हिडनुपर्छ । गाउँपालिकाबाट विकटमा मानिने गाउँ मसिना दुरीका हिसाबले पनि टाढा छ । गाउँपालिकाले वडा अध्यक्षलाई मोटरसाईकल दिएको छ । उनले भने,‐‘हिड्ने सड्कनै नभएपछि मोटरसाईकलको के काम ?’ गाउँपालिकाका वडा अध्यक्ष मध्ये ३,४,५,र ६ वडाका वडा अध्यक्षको घरमै सड्क पुगेको छ तर १ वडामा २ घण्टा पैदल हिड्नुपर्छ भने २ वडामा पुग्नको लागि ३ घण्टा पैदल हिडनुपर्ने उनको भनाई छ ।

वडा नंम्बर १ का वडा अध्यक्ष आचार्यको घरमा सड्कले छोएपनि आफ्नोमा नछोएको गुनासो गरे । जिल्लाकै ९ वटा स्थानिय तह मध्ये पैदल हिड्ने उनी एक हुन् ।

गाउँपालिका संग सडकको माग

रासकोटीले गाउँपालिका संग सड्क माग गरेको बताए । थोरधेरै रकम गाउँपालिकाले छुट्टाईएको पनि छ । सडकको पहँच नहुँदा गाउबासिले सास्ती ब्यहोर्नुपरेको उनले सुनाए । गाउँपालिकाबाट पुरनठाटी‐नेपाने‐चितिबास‐दरवान जोड्ने सड्कको लागि रु १२ लाख रुपिँया रकम विनियोेजन भएको छ । तर यति रकमले पनि उनको घर सम्म सड्क नपुग्ने उनले बताए । उनले भने,‐‘स्थानियले वडा अध्यक्ष भएर पनि सड्क लिउन सकिनस् भनि गुनासो गर्छन् । ’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...