News Portal

रेडियो सुन्नुहोस्

नेपाल टेलिकमद्वारा प्यूठान अस्पतालमा सामाग्री सहयोग

बोम बहादुर परियार२०८१ असोज ४
५७१ पटक
२०८१ असोज ४

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्यूठान अस्पताललाई सामाग्री सहयोग गरेको छ ।

टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत बेड (बेड कम चियर) सहयोग गरेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख  सन्तोष शर्माले बताए ।

टेलिकमले प्यूठान अस्पतालमा १० वटा बेड कम चियर हस्तान्तरण गरेको हो । अस्पतालमा आउने बिरामी तथा कुरुवाहरूलाई बास बस्न सहजताका लागि बेड सहयोग गरेको प्रमुख  शर्माको भनाई छ ।

प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टले नेपाल टेलिकमले गरेको सहयोग महत्त्वपूर्ण रहेको भन्दै सहयोगका निम्ति धन्यवाद दिए ।

प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीको प्रमुख आथित्यता रहेको कार्यक्रममा अतिथिहरू प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा, नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठ, प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेल, नेपाल टेलिकम केन्द्रीय कार्यालयका व्यापार अधिकृत कृष्ण प्रसाद पौडेल, दूरसञ्चार कार्यालय बिजुवारका कार्यालय प्रमुख निरञ्जन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल टेलिकमका सहायक व्यापार अधिकृत वेद प्रसाद पौडेलले गरेका थिए भने स्वागत मन्तव्य प्यूठान अस्पतालका डाक्टर आमिर काफ्लेले राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...