News Portal

रेडियो सुन्नुहोस्

नेपाल टेलिकमद्वारा प्यूठान अस्पतालमा सामाग्री सहयोग

बोम बहादुर परियार२०८१ असोज ४
४७३ पटक
२०८१ असोज ४

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्यूठान अस्पताललाई सामाग्री सहयोग गरेको छ ।

टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत बेड (बेड कम चियर) सहयोग गरेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख  सन्तोष शर्माले बताए ।

टेलिकमले प्यूठान अस्पतालमा १० वटा बेड कम चियर हस्तान्तरण गरेको हो । अस्पतालमा आउने बिरामी तथा कुरुवाहरूलाई बास बस्न सहजताका लागि बेड सहयोग गरेको प्रमुख  शर्माको भनाई छ ।

प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टले नेपाल टेलिकमले गरेको सहयोग महत्त्वपूर्ण रहेको भन्दै सहयोगका निम्ति धन्यवाद दिए ।

प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीको प्रमुख आथित्यता रहेको कार्यक्रममा अतिथिहरू प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा, नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठ, प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेल, नेपाल टेलिकम केन्द्रीय कार्यालयका व्यापार अधिकृत कृष्ण प्रसाद पौडेल, दूरसञ्चार कार्यालय बिजुवारका कार्यालय प्रमुख निरञ्जन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल टेलिकमका सहायक व्यापार अधिकृत वेद प्रसाद पौडेलले गरेका थिए भने स्वागत मन्तव्य प्यूठान अस्पतालका डाक्टर आमिर काफ्लेले राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...