News Portal

रेडियो सुन्नुहोस्

माओवादी केन्द्र र क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच तत्काल एकता हुँदैन: पोख्रेल

झुलेनी नेटवर्क२०८१ भदौ ११
६२३ पटक
२०८१ भदौ ११

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य धनेश्वर पोख्रेलले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबिच तत्काल एकता नहुने बताएका छन् ।

उक्त पार्टीको जिल्ला सङ्गठन समिति प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल इमानदार क्रान्तिकारीहरूसँग धुर्विकरणको पक्षमा भए पनि तत्काल कम्युनिस्ट नाम हुने जोकोहीसँग एकता सम्भव नभएको बताए ।

जुन कुरा गर्ने त्यही कुरा मात्र बोल्नेहरूसँग मात्र सहकार्य टिकाउ हुने उनको बुझाई छ । शुक्रवार प्युठानको जुम्रीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सङ्गठन समिति प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले कम्युनिस्ट आलोचित हुनुमा सत्य नबोल्नु मुख्य कारण रहेको दाबी गरे ।

पार्टीले राष्ट्र, राष्ट्रियता, जनतन्त्र, जनजीविकाका हरेक समस्या उठाउँदै सरकारले गरेका गलत कार्यहरूलाई खबरदारी गर्दै आएको भन्दै एजेण्डा मिल्नेसङ कार्यगत एकता हुनसक्ने बताए ।

तपाईँहरूको पार्टी किन खुम्चिँदै छ नि ? भन्ने पत्रकारको प्रश्नमा पोख्रेलले अरू कम्युनिस्ट नामका पार्टीहरूले जनतामा छरेको भ्रम र कतिपयमा देखिएको लालसाका कारण आकारमा त्यस्तो देखिए पनि जनताका मुद्दा उठाउनेमा पार्टी अगाडी रहेको दाबी गरे ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...