News Portal

रेडियो सुन्नुहोस्

५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश

झुलेनी नेटवर्क२०८१ असोज १६
६२५ पटक
२०८१ असोज १६

५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले कारण देखाउ आदेश जारी गरेको छ ।

लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले गत श्रावण १३ गते पत्राचार गर्दै ५ लाख भन्दा माथिको योजनालाई प्याकेजिङ गरी अनिवार्य सार्वजनिक प्रतिस्पर्धा गराउन भनेको थियो ।

उक्त निर्णयविरुद्ध कल्याण विक्रम के.सी ले रिट दायर गरेका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रालयले गत श्रावण १३ गते च.न. १६ मा पत्राचार गर्दै ‘प्रदेश सरकारको स्रोतमा देखा परेको चाँपको कारणले गर्दा आ.व. २०८१/०८२ मा रु.५ लाख वा सोभन्दा बढीको स्वीकृत सबै कार्यक्रमहरू प्याकेजिङ गरी अनिवार्य रूपमा सार्वजनिक प्रतिस्पर्धा गराएर मात्र कार्यक्रम कार्यान्वयन गर्नु गराउनु हुनेछ’ भनेर पत्राचार गरेको थियो ।

अन्तरिम आदेश भने नहुने अदालत श्रोतले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...