

२०८१ कार्तिक ३सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की स्थित प्रहरी हिरासतमा राखिएको छ।
शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय पुर्याईएको हो ।
रविलाई पोखरा पुर्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा रास्वपाका कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाका कार्यकर्ताले चर्को विरोध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाएका थिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।










