News Portal

रेडियो सुन्नुहोस्

प्लास्टिकका मालामा रोक लगाउँदा पुष्प व्यवसायी खुसी

शशिधर भण्डारी२०८१ कार्तिक १०
२७३ पटक
२०८१ कार्तिक १०

स्थानीय तहले प्लास्टिकका पुल र मालाहरूमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी खुसी भएका छन् । जिल्लाका तीन स्थानीय तहमा प्लास्टिकका फूल र माला विक्रीमा रोक लगाइएको छ ।

माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकाले प्लास्टिकका फुल र माला प्रयोग तथा बेचबिखन नगर्न सूचना जारी गरेका छन् । चाडपर्वमा प्लास्टिकका माला प्रयोगले पर्वको गरिमा र मानव स्वास्थ्यलाई राम्रो नगर्नुका साथै स्थानीय पुष्प व्यवसायीलाई पनि मार पर्ने हुनाले प्लास्टिकका फूल र माला विक्रीमा रोक लगाइएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । रोक लगाउनुका साथै माण्डवी गाउँपालिकाले फुल खेती गर्नका लागि कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको बताए ।

माण्डवी गाउँपालिका–३ लामाचौरमा फुल खेती गर्दै आएकी  चेतकला के.सी.ले पालिकाले  प्लास्टिकका फूल माला प्रयोगमा रोक लगाएपछि आफूहरूलाई राहत भएको बताइन् ।

९ स्थानीय तह रहेको प्यूठानमा तीन स्थानीय तहले प्लास्टिकजन्य फूल मालाको बिक्री वितरणमा  रोक लगाएको सूचना प्रकाशन गरेका छन् । स्वर्गद्वारी नगरपालिकाले  नगर क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...