News Portal

रेडियो सुन्नुहोस्

कमाएन नगरपालिकाले फोहोरबाट मोहोर

बोम बहादुर परियार२०८१ कार्तिक ११
३५५ पटक
२०८१ कार्तिक ११

प्यूठान नगरपालिकाले फोहोरबाट १२ लाख भन्दा बढी रकम स्थानीय सँग शुल्क उठाएको छ । कोभिडको समयमा रोकिएको शुल्क समेत गरी २५ लाखको लक्ष्य राखिएकोमा १२ लाख ५० हजार ४ सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख वर्षा पाण्डेले बताइन । कोभिडको कारणले रोकिएको शुल्क समेत गरी गत आर्थिक वर्षमा यो राजस्व सङ्कलन गरेको हो ।

नगरपालिकाले फोहोर उठाएबापत बजार क्षेत्रका प्रत्येक घर बाट एक सय रुपैयाँ शुल्क लिने गर्दछ । उक्त रकम क्वाडि जुम्री र बिजुवार बजार क्षेत्रबाट उठेको नगरपालिकाले जनाएको छ । बाग्दुला, खप्रेङखोला,दम्ती र मरन्ठाना बजार क्षेत्रबाट रकम उठ्न बाँकी रहेको शाखा प्रमुख पाण्डेले बताइन् ।

प्यूठान नगरपालिकाले फोहोर व्यवस्थापनको दिगो समाधानका लागि वैकल्पिक स्थान अध्ययन गरिरहेको प्यूठान नगरपालिकाका मेयर विष्णुबहादुर योगीले बताए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक ६ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको  छ । तर, नगरपालिकाको फोहोरबाट  मोहर आम्दानी गर्न भने सकेको छैन । अहिले पुरानै ठाउँबाट फोहोर व्यवस्थापन गरिँदै आएको छ । थप अरू ठाउँहरूमा पनि डम्पीङ साइड अवलोकन गरिएको योगीले बताए । निश्चित ठाउँ,दक्ष प्राविधिक र श्रोतको अभावका कारण पोहोर व्यवस्थापन गरेर आम्दानी गर्न नसकिएको मेयर योगीले बताए ।

प्यूठान नगरपालिकाले फोहोर व्यवस्थापनको लागि दैनिक एउटा टिप्पर सञ्चालन गर्दै आएको छ । फोहोर व्यबस्थापनकालागि ३ जना कर्मचारी खटाएको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख दिनेश केसीले बताए । नगरपालिकाले बिहान ६ बजे देखी दिउँसो २ बजेसम्म फोहोर सङ्कलन  गरिँदै आएको नगरपालिकाले जनाएको छ  ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...