News Portal

रेडियो सुन्नुहोस्

कमाएन नगरपालिकाले फोहोरबाट मोहोर

बोम बहादुर परियार२०८१ कार्तिक ११
५९१ पटक
२०८१ कार्तिक ११

प्यूठान नगरपालिकाले फोहोरबाट १२ लाख भन्दा बढी रकम स्थानीय सँग शुल्क उठाएको छ । कोभिडको समयमा रोकिएको शुल्क समेत गरी २५ लाखको लक्ष्य राखिएकोमा १२ लाख ५० हजार ४ सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख वर्षा पाण्डेले बताइन । कोभिडको कारणले रोकिएको शुल्क समेत गरी गत आर्थिक वर्षमा यो राजस्व सङ्कलन गरेको हो ।

नगरपालिकाले फोहोर उठाएबापत बजार क्षेत्रका प्रत्येक घर बाट एक सय रुपैयाँ शुल्क लिने गर्दछ । उक्त रकम क्वाडि जुम्री र बिजुवार बजार क्षेत्रबाट उठेको नगरपालिकाले जनाएको छ । बाग्दुला, खप्रेङखोला,दम्ती र मरन्ठाना बजार क्षेत्रबाट रकम उठ्न बाँकी रहेको शाखा प्रमुख पाण्डेले बताइन् ।

प्यूठान नगरपालिकाले फोहोर व्यवस्थापनको दिगो समाधानका लागि वैकल्पिक स्थान अध्ययन गरिरहेको प्यूठान नगरपालिकाका मेयर विष्णुबहादुर योगीले बताए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक ६ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको  छ । तर, नगरपालिकाको फोहोरबाट  मोहर आम्दानी गर्न भने सकेको छैन । अहिले पुरानै ठाउँबाट फोहोर व्यवस्थापन गरिँदै आएको छ । थप अरू ठाउँहरूमा पनि डम्पीङ साइड अवलोकन गरिएको योगीले बताए । निश्चित ठाउँ,दक्ष प्राविधिक र श्रोतको अभावका कारण पोहोर व्यवस्थापन गरेर आम्दानी गर्न नसकिएको मेयर योगीले बताए ।

प्यूठान नगरपालिकाले फोहोर व्यवस्थापनको लागि दैनिक एउटा टिप्पर सञ्चालन गर्दै आएको छ । फोहोर व्यबस्थापनकालागि ३ जना कर्मचारी खटाएको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख दिनेश केसीले बताए । नगरपालिकाले बिहान ६ बजे देखी दिउँसो २ बजेसम्म फोहोर सङ्कलन  गरिँदै आएको नगरपालिकाले जनाएको छ  ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...