News Portal

रेडियो सुन्नुहोस्

चकचकेकाे मेलासँगै प्यूठानमा तिहारपछि लाग्ने मुख्य मेला सकिए

झुलेनी नेटवर्क२०८१ मंसिर २
३१४ पटक
२०८१ मंसिर २

माण्डवी गाउँपालिका–५ चकचकेमा मेला सकिएसंगै जिल्लामा तिहारपछि लाग्ने मुख्य मेलाहरु सकिएका छन् ।

आइतबार चकचके स्थित माडी नदि किनारमा मेला सम्पन्न भएको हो । मेलामा प्यूठान नगरपालिका–१ खैराको सरायँ नाँच प्रदर्शन गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार सरायँ संगै माण्डवी गाउँपालिका –२ खरिवाङ, पुकरुक र माण्डवी गाउँपालिका–५ चकचकेको सोरठीभैलो समेत प्रदर्शन गरिएको छ ।

चकचकेमा पूर्णिमाको दुई दिन पछि अर्थात कार्तिक शुक्ल द्धितियामा परापूर्व कालदेखि मेला लाग्दै आएको बस्नेतले बताए । साझको समयमा लाग्दै आएको मेला संकटकाल देखि दिउसो गर्न थालिएको छ ।

यो मेला संगै जिल्लामा तिहारयता लाग्ने सराय मेलाहरु सम्पन्न भएका छन् । भाइटिकाको दिन लुप्लुङमा सरायँ लाग्ने गर्दछ । त्यसको भोली पल्ट डल्ले सरायँ क्रमशः चितिखोला, बालमन्दिर तथा ढुङ्गेठाटी, पूर्णिमामा बहाने, रिठ्ठघाट, सारीवाङ र खैरामा सराय मेला लाग्ने गर्दछन् । चकचके सरायँ मेला संगै सराय मेला सकिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...