News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी जिपलाइन अलपत्र

बोम बहादुर परियार२०८१ मङ्सिर ३
८०५ पटक
२०८१ मङ्सिर ३

प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा सञ्चालन गरिएको जिपलाइन अलपत्र परेको छ । व्यापक प्रचार गरी सञ्चालनमा ल्याइएको जिपलाइन गत श्रावण महिनादेखि रोकिएको छ ।

बर्खामा २ महिना जिपलाइन बन्द गर्ने समितिको आन्तरिक छलफल भए पनि सञ्चालन गर्न नसकिएको मल्लरानी टुरिजम इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष इमानसिंह भारतीले बताए  । १ करोडको लगानीमा तयार गरिएको प्रोजेक्ट साउन यता बन्द रहेको कम्पनीका शेयर सदस्य बासु प्रसाद श्रेष्ठले बताए । जिपलाइन  सञ्चालन गर्न जिम्मेवारी लिएको टिमले जिम्मेवारी पूरा नगर्दा र कानुनी प्रक्रिया पूरा नहुँदा जिपलाइन रोकिएको श्रेष्ठले बताए ।

पूर्व सूचनाविना सञ्चालकले जिपलाईन बन्द गर्दा जिपलाईन चढ्ने भनेर मल्लरानी पुगेका धेरै पर्यटकहरू निराश भएर फर्कने गरेका छन् । तिहार बिदामा गाउँ आएको बेला जिपलाईन चढ्न मल्लरानी पुगेर फर्किएको मल्लरानी गाउँपालिका ३ का रेशम के.सी. ले बताए । ‘श्रीमतीलाई लिएर जिपलाईन चढ्न मल्लरानी पुगेको थिएँ । यत्तिकै फर्कनु पर्‍यो ।’ के.सी. ले भने– ‘जिपलाईन चढ्न पुगेको त लठ्ठा मात्र रैछ ।’

स्थानीय तह कार्यान्वयन पछि सुनसान बनेको जिल्ला सदरमुकाम खलंगा मल्लरानीमा जिपलाइन सञ्चालनपछि लयमा फर्कने आशा स्थानीयले गरेका थिए ।  हिजोआज जिपलाइन बन्द भएपछि स्थानीय निराश छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...