News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी जिपलाइन अलपत्र

बोम बहादुर परियार२०८१ मङ्सिर ३
६७९ पटक
२०८१ मङ्सिर ३

प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा सञ्चालन गरिएको जिपलाइन अलपत्र परेको छ । व्यापक प्रचार गरी सञ्चालनमा ल्याइएको जिपलाइन गत श्रावण महिनादेखि रोकिएको छ ।

बर्खामा २ महिना जिपलाइन बन्द गर्ने समितिको आन्तरिक छलफल भए पनि सञ्चालन गर्न नसकिएको मल्लरानी टुरिजम इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष इमानसिंह भारतीले बताए  । १ करोडको लगानीमा तयार गरिएको प्रोजेक्ट साउन यता बन्द रहेको कम्पनीका शेयर सदस्य बासु प्रसाद श्रेष्ठले बताए । जिपलाइन  सञ्चालन गर्न जिम्मेवारी लिएको टिमले जिम्मेवारी पूरा नगर्दा र कानुनी प्रक्रिया पूरा नहुँदा जिपलाइन रोकिएको श्रेष्ठले बताए ।

पूर्व सूचनाविना सञ्चालकले जिपलाईन बन्द गर्दा जिपलाईन चढ्ने भनेर मल्लरानी पुगेका धेरै पर्यटकहरू निराश भएर फर्कने गरेका छन् । तिहार बिदामा गाउँ आएको बेला जिपलाईन चढ्न मल्लरानी पुगेर फर्किएको मल्लरानी गाउँपालिका ३ का रेशम के.सी. ले बताए । ‘श्रीमतीलाई लिएर जिपलाईन चढ्न मल्लरानी पुगेको थिएँ । यत्तिकै फर्कनु पर्‍यो ।’ के.सी. ले भने– ‘जिपलाईन चढ्न पुगेको त लठ्ठा मात्र रैछ ।’

स्थानीय तह कार्यान्वयन पछि सुनसान बनेको जिल्ला सदरमुकाम खलंगा मल्लरानीमा जिपलाइन सञ्चालनपछि लयमा फर्कने आशा स्थानीयले गरेका थिए ।  हिजोआज जिपलाइन बन्द भएपछि स्थानीय निराश छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...