News Portal

रेडियो सुन्नुहोस्

जातीय विभेद भएको भन्दै प्रहरीमा मुद्दा दर्ता

बोम बहादुर परियार२०८१ मङ्सिर ५
२१८६ पटक
२०८१ मङ्सिर ५

झिमरुक गाउँपालिका ६ निवासी रेसम सुनारले आफू जातीय विभेदमा परेको भन्दै बुधवार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन् ।  झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक  प्रमोद पोख्रेलले जातीय विभेद गरेको भन्दै सुनारले मुद्दा दर्ता गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार उनको मुद्दा ७८ नम्बरमा दर्ता भएको छ । मुद्दा दर्ता गरिसकिएको र यस विषयमा थप अनुसन्धान भइरहेको  जिल्ला  प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डी.एस.पी दिपेश बस्यालले बताए ।

सुनारले झिमरुक गाउँपालिकाको उपाध्यक्षले प्रयोग गर्ने भाडाको गाडी चलाउँदै आएका थिए ।

उपाध्यक्ष पोख्रेलले जातीय विभेद गरेको आरोपको खण्डन गरेका छन् । गत बिहीबार विज्ञप्ति जारी गर्दै पोख्रेलले भाडामा सञ्चालन गरेको गाडीको म्याद असोज मसान्तमा सकिएको र म्याद थपको लागि कार्यपालिकाले निर्णय गर्ने विषयमा आफ्नो नाम जोडेर राजनीतिक प्रतिशोध साधेर गाडी धनीले उक्त आरोप लगाएको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...