News Portal

रेडियो सुन्नुहोस्

जातीय विभेद भएको भन्दै प्रहरीमा मुद्दा दर्ता

बोम बहादुर परियार२०८१ मङ्सिर ५
१९७६ पटक
२०८१ मङ्सिर ५

झिमरुक गाउँपालिका ६ निवासी रेसम सुनारले आफू जातीय विभेदमा परेको भन्दै बुधवार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन् ।  झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक  प्रमोद पोख्रेलले जातीय विभेद गरेको भन्दै सुनारले मुद्दा दर्ता गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार उनको मुद्दा ७८ नम्बरमा दर्ता भएको छ । मुद्दा दर्ता गरिसकिएको र यस विषयमा थप अनुसन्धान भइरहेको  जिल्ला  प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डी.एस.पी दिपेश बस्यालले बताए ।

सुनारले झिमरुक गाउँपालिकाको उपाध्यक्षले प्रयोग गर्ने भाडाको गाडी चलाउँदै आएका थिए ।

उपाध्यक्ष पोख्रेलले जातीय विभेद गरेको आरोपको खण्डन गरेका छन् । गत बिहीबार विज्ञप्ति जारी गर्दै पोख्रेलले भाडामा सञ्चालन गरेको गाडीको म्याद असोज मसान्तमा सकिएको र म्याद थपको लागि कार्यपालिकाले निर्णय गर्ने विषयमा आफ्नो नाम जोडेर राजनीतिक प्रतिशोध साधेर गाडी धनीले उक्त आरोप लगाएको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...