News Portal

रेडियो सुन्नुहोस्

उद्योग दिवस: प्यूठानका ५२ जना प्रशिक्षार्थीलाई राष्ट्रिय सीप प्रमाण-पत्र प्रदान

झुलेनी नेटवर्क२०८१ मङ्सिर ९
२५९ पटक
२०८१ मङ्सिर ९

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उद्योग दिवसको अवसरमा जिल्लाभरका ५२ जना युवाहरुलाई तह १ राट्रिय सीप प्रमाण–पत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी लगायतले प्रमाण पत्र प्रदान गरेका हुन्।

“उद्यमशील संस्कृती, राष्ट्रको समृद्धि’ भन्ने मूल नाराको साथ दशौं उद्योग दिवसको अबसरमा राष्ट्रिय सीप परिक्षण समिति, सानोठिमी, भक्तपुरबाट तह १ राट्रिय सीप प्रमाण–पत्र प्राप्त गरेका प्रशिक्षार्थीहरुलाई प्रमाण–प्रत्र वितरण गरेको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मनिबहादुर गुरुङले जानकारी दिए ।

दिवसको अवसरमा महेन्द्र माध्यमिक विद्यालयबाट ¥याली सहित जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो । निमित्त कार्यालय प्रमुख गुरुङको अध्यक्षता र जिल्ला समन्वय समितिका उपप्रमुख रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै रेग्मीले सिकेका सीपलाई बाकसमा नथन्काइ व्यवहारमा लागु गरी उद्यमशिल बन्न सुझाव दिईन् । उनले सीप सिकेर विदेशनै जानु पर्दछ भन्ने मानसिकता त्यागेर स्वदेशमै काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा निमित्त कार्यालय प्रमुख गुरुङले तीन महिने प्रगति विवरण पेश गरेका थिए । उनले पछिल्लो तीन महिनामा ३ उद्योग र ६ व्यवसाय दर्ता भएको बताए । प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीले व्युटिसियन, पलम्बिङ, हाउस वायरिङ सीप सिकेका छन् । गुरुङ जिल्लामै व्यवसाय सञ्चालनका लागि अनुरोध गर्दै कार्यालयबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी ३ को दुई गाउँमा घरघरै खानेपानीका धारा !

मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा...

अनुपम अभियानको हस्ताक्षर कार्यक्रम प्यूठानमा

अन्तर पुस्ता महिलावादी मंच (टेवा)को अनुपम अभियान अन्तरगत हस्ताक्षेर संकलन कार्यक्रम प्यूठानमा सम्पन्न भएको छ...

करोडको बेसार प्रशोधन केन्द्र सञ्चालनमा आएन

जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र...

बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने

प्यूठानको बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने भएको छ । शुक्रबार झिमरुक गाउँपालिकामा भएको तीन...

न्यायिक समितिका अधिकांस मुद्धाहरु मेलमिलापबाटै टुंगिन्छन्ः उपमेयर वर्मा

न्यायिक समितिमा आउने अधिकांस मुद्धाहरु मेलमिलाम मार्फत टुंगिने प्यूठान नगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक...