News Portal

रेडियो सुन्नुहोस्

सर्वपक्षीय छलफललाई निरन्तरता दिउ

२०८१ मङ्सिर १२
७४३ पटक
२०८१ मङ्सिर १२

प्यूठान जिल्लामा पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयले विभिन्न विकास निर्माणका कार्यहरू, अवरुद्ध योजनाहरू र रुग्ण बनेका कामहरूलाई समयमा सम्पन्न गर्नका लागि लिएको पहल,गरेको समन्वय र जिल्लाबाट निर्वाचित जनप्रतिनिधि एवं राजनीतिक दलहरूको ऐक्यबद्धता सकारात्मक छ । जनप्रतिनिधि,प्रशासन र राजनीतिक नेतृत्वको सकारात्मक प्रयासका प्रतिफलहरू आंशिक रूपमा देखा पर्न थालेका छन् ।

दुर्गम बस्तीहरूमा भई रहेका सार्वजनिक र सर्वपक्षीय छलफलले मूर्तरूप लिन थालेको छ । जिल्लाकै मध्य भागमा निर्माणाधीन  अवरुद्ध सब–स्टेसन सञ्चालनमा लिइएका पहल, शैक्षिक सुधारका निम्ति स्थानीय स्तरमा र जिल्ला स्तरमा चलाइएका पहल एवं आत्महत्या न्यूनीकरण एवं सामाजिक विकृति रोक्न गरिएका सर्वपक्षीय छलफल र पहल चर्चा लायक छन् । यी पहलहरूले प्यूठान जिल्लाको विकास, सुशासन, सेवा प्रवाह र सामाजिक न्यायका निम्ति सकारात्मक योगदान गर्दै आम नागरिकको राज्यव्यवस्था प्रतिको सकारात्मक धारणा र बुझाई निर्माणमा सहयोग पुर्‍याउनेछ ।

नागरिकमा जागिरहेको सेवा प्रवाहप्रतिको असन्तुष्टि, राजनीति प्रतिको निराशा र सामाजिक वितृष्णाको निवारण गर्ने उपाय भनेकै राजनीतिक दलका एजेन्डा, जनप्रतिनिधिका नीति र राष्ट्रसेवकले गर्ने कार्यान्वयनका कारण समग्रमा नागरिकले पाउने डेलिभरीमार्फत हो । त्यसका लागि सबै पक्षहरू जिम्मेवार हुन्छन् । नागरिक समाज र आमसञ्चार जगतले यी पक्षका खराबीहरूमाथि औँला उठाउने र सकारात्मक कदमले जनतामा आशा जगाउँदा समग्र लोकतन्त्र मजबुत हुन्छ । यस कारण सर्वपक्षीय पहलकदमीले सकारात्मक नतिजा लिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

तर, यस्ता पहलकदमीको निरन्तरता दिने र अर्थपूर्ण निष्कर्षमा पुर्‍याउने कुरामा सबैको पहल हुनु जरुरी छ । कामको उठान गर्नुभन्दा त्यसलाई निष्कर्षमा पुर्‍याउनु महत्त्वपूर्ण हो । नागरिकमा आशा जगाइसकेपछि त्यो पूरा भएन भने थप निराशा बढ्न सक्छ । आलोचना हुन्छ । त्यस कारण अहिले जुन पहलकदमीहरू देखिएका छन् तिनीहरूलाई पूर्णतया निष्कर्षमा पुर्‍याउने र अर्थपूर्ण बनाउनेमा सबैको ध्यान पुग्नु जरुरी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...