News Portal

रेडियो सुन्नुहोस्

सर्वपक्षीय छलफललाई निरन्तरता दिउ

२०८१ मङ्सिर १२
४८० पटक
२०८१ मङ्सिर १२

प्यूठान जिल्लामा पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयले विभिन्न विकास निर्माणका कार्यहरू, अवरुद्ध योजनाहरू र रुग्ण बनेका कामहरूलाई समयमा सम्पन्न गर्नका लागि लिएको पहल,गरेको समन्वय र जिल्लाबाट निर्वाचित जनप्रतिनिधि एवं राजनीतिक दलहरूको ऐक्यबद्धता सकारात्मक छ । जनप्रतिनिधि,प्रशासन र राजनीतिक नेतृत्वको सकारात्मक प्रयासका प्रतिफलहरू आंशिक रूपमा देखा पर्न थालेका छन् ।

दुर्गम बस्तीहरूमा भई रहेका सार्वजनिक र सर्वपक्षीय छलफलले मूर्तरूप लिन थालेको छ । जिल्लाकै मध्य भागमा निर्माणाधीन  अवरुद्ध सब–स्टेसन सञ्चालनमा लिइएका पहल, शैक्षिक सुधारका निम्ति स्थानीय स्तरमा र जिल्ला स्तरमा चलाइएका पहल एवं आत्महत्या न्यूनीकरण एवं सामाजिक विकृति रोक्न गरिएका सर्वपक्षीय छलफल र पहल चर्चा लायक छन् । यी पहलहरूले प्यूठान जिल्लाको विकास, सुशासन, सेवा प्रवाह र सामाजिक न्यायका निम्ति सकारात्मक योगदान गर्दै आम नागरिकको राज्यव्यवस्था प्रतिको सकारात्मक धारणा र बुझाई निर्माणमा सहयोग पुर्‍याउनेछ ।

नागरिकमा जागिरहेको सेवा प्रवाहप्रतिको असन्तुष्टि, राजनीति प्रतिको निराशा र सामाजिक वितृष्णाको निवारण गर्ने उपाय भनेकै राजनीतिक दलका एजेन्डा, जनप्रतिनिधिका नीति र राष्ट्रसेवकले गर्ने कार्यान्वयनका कारण समग्रमा नागरिकले पाउने डेलिभरीमार्फत हो । त्यसका लागि सबै पक्षहरू जिम्मेवार हुन्छन् । नागरिक समाज र आमसञ्चार जगतले यी पक्षका खराबीहरूमाथि औँला उठाउने र सकारात्मक कदमले जनतामा आशा जगाउँदा समग्र लोकतन्त्र मजबुत हुन्छ । यस कारण सर्वपक्षीय पहलकदमीले सकारात्मक नतिजा लिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

तर, यस्ता पहलकदमीको निरन्तरता दिने र अर्थपूर्ण निष्कर्षमा पुर्‍याउने कुरामा सबैको पहल हुनु जरुरी छ । कामको उठान गर्नुभन्दा त्यसलाई निष्कर्षमा पुर्‍याउनु महत्त्वपूर्ण हो । नागरिकमा आशा जगाइसकेपछि त्यो पूरा भएन भने थप निराशा बढ्न सक्छ । आलोचना हुन्छ । त्यस कारण अहिले जुन पहलकदमीहरू देखिएका छन् तिनीहरूलाई पूर्णतया निष्कर्षमा पुर्‍याउने र अर्थपूर्ण बनाउनेमा सबैको ध्यान पुग्नु जरुरी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...