News Portal

रेडियो सुन्नुहोस्

विवादास्पद व्यवसायी प्रसाईँद्वारा गल्ति स्वीकार

भ्रमपूर्ण सामाग्री फैलाउनेमाथि प्रेस काउन्सिलले निगरानी र कारवाही बढाउँदै

झुलेनी नेटवर्क२०८१ मङ्सिर १५
५८८ पटक
२०८१ मङ्सिर १५

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् ।

साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको स्वीकार गरेका हुन् ।

प्रसाईंले ३ मंसिरमा युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । आफ्नो दाबीलाई पुष्टि गर्न उनले प्रमाण भन्दै एउटा कागज सार्वजनिक गरेका थिए ।

प्रहरीको प्रारम्भिक जाँचमा नै त्यो कागज फर्जी रहेको भेटिएपछि ४ मंसिरमा प्रसाईं भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । उनले सार्वजनिक गरेको कागज र भनाईलाई कतिपय अनलाईन र युटुवले प्राथमिकता दिएर प्रशारण गरेका थिए।

भ्रमपूर्ण समाचार र सामाग्री प्रकाशन तथा प्रशारण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले पनि कारवाहि गरेको थियो। काउन्सिलले तथ्य प्रमाण विना भ्रमपूर्ण सामाग्री सार्वजनिक गर्ने प्रेस काउन्सिलमा सूचीकरण भएका अनलाईन सञ्चारमाध्यम र युटुव च्यानललाई स्पस्टिकरण सोध्ने र निर्देशन दिने गरेको छ भने, सूचीकरण नभएकाको हकमा कारवाहिका लागि साईवर ब्यूरोमा पत्राचार गरेको छ।

काउन्सिलले पछिल्लो समय तथ्य प्रमाण बिनाका फेक समाचार फैलाउनेहरुमाथि निगरानि र कारवाहि बढाउँदै लगेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...