News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै

बोम बहादुर परियार२०८१ मंसिर १७
५९५ पटक
२०८१ मंसिर १७

लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । जसको मुख्य अभिनय प्यूठानका बेगम नेपाली भट्भटे माइला र प्यूठानकै दिया जिसी ले गर्ने छन ।
एक दर्जन भन्दा बढी कलाकार रहेको सिरियलको प्रोमो सार्वजनिक भएको छ । टेलिसिरियलका निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना अनुसार कलाकारहरुमा केहि परिवर्तन र मेकिङमा पनि थप स्तरिय बनाइ सिजन २ ल्याइएको बताए । उनका अनुसार सोमबार साँझ बाट दोस्रो सिजन प्रसारण हुनेछ । सिरियल एपिवान टेलिभिजनमा ८ बजे र भट्भटे माइला युट्युव च्यानलमा ८ः३० बजे प्रसारण हुने जानकारी गराए ।

एउटै जिल्लाका कलाकार बेगम र दिया सिरियलमा गलफ्रेन र ब्वाए फ्रेन्ड भुमिकामा दर्शकले देख्न पाउने छन । पहिले परिवार सिरियलमा अभिनय गर्दै आएकी दिया जिसीले आफ्नै जिल्लाको निर्देशकले निर्देशन गरेको सिरियलमा सहकार्य गर्न पाउदा खुसी व्यक्त गरेकी छिन ।

लामो समय सम्म मेरी बास्सैमा समेत अभिनय गर्दै आएका भट्भटे माइलाले आफ्नै निर्देशकमा गाह्रो छ हो सिरियल बनाउदै आएका थिए । केहि समय रोकियको सिरियल पुनः सिजन २ मा प्रसारण हुने भए पछि दर्शकहरु खुसी छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...