News Portal

रेडियो सुन्नुहोस्

पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’

एलबी थापा/शशिधर भण्डारी२०८१ पौष ६
१५ पटक
२०८१ पौष ६

जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट सडक असुविधाले ओझेलमा परेको हो । बाइसे चौबिसे राज्य काल देखि ऐतिहासिक महत्व बोकेको दरवार ऐतिहासिक, पुरातात्विक महत्वका हिसावले रमणीय स्थान हो । जिल्लाले यसको प्रचार प्रसार र प्रवद्र्धनमा केहि मात्रामा चासो दिएपनि यहाँ पुग्नका लागि सडक र दरवार व्यवस्थापनमा महत्व दिएका छैनन् । पछिल्लो समय यहाँको दरवार व्यवस्थापनका सहित सिढि निर्माणका लागि करिब ३ करोड प्राप्त रकमबाट काम सम्पन्न भएको थियो । त्यसैगरी गत आर्थिक वर्षमा भवन निर्माणका लागि पुरातत्व विभागले भग्नावशेष स्थलमा नयाँ भवन दरवार निर्माणका लागि ४५ लाख रुपैयाँ खर्च गरेको थियो ।

अब यहाँ वरिपरिको वातावरणीय सौन्दर्यकरण र अन्य पर्यटकिय पूर्वाधार निर्माणका लागि डिपिआर बमोजिम रकमको अभाव रहेको स्थानीय खगेश्वर थापाले बताए । यहाँको दरवार व्यवस्थापनका लागि २२ करोडको डिपिआर बनेको भएपनि क्रमागत रुपमा बजेट परेको छैन । हरेक वर्ष कनिका छरेझै बजेट पर्ने गरेको छ । प्यूठानको मुख्य सडक बिजुवार क्षेत्रबाट ५ किलोमिटर उत्तरी पश्चिममा भित्रिकोट दरबार अवस्थित छ ।

यहाँ पुग्नका लागि टिकुरी–गुरुङगाउँ–भित्रिकोट, हल्दीखोला–भित्रिकोट, पुण्यखोला–भित्रिकोट, खलीगाउँ–लम्छ्याङ सडकहरुले जोडिएका छन् । चारैतिरबाट यहाँ पुग्नका लागि सडक निर्माण गरिए पनि स्तरीय सडक निर्माण भएको छैन । कच्ची सडकको भरमा निजि सवारी साधन मात्र यहाँ आन्तरिक पर्यटकहरुले लैजाने गरेका छन् । जिल्लाको मध्य क्षेत्रबाट यहाँ पुग्नका लागि सहजै भएपनि सार्वजनिक यात्रुबाहक सवारी यहाँ चल्दैनन् ।

सडक सुविधा भए आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुलाई समेत ल्याउन सकिने प्यूठान नगरपाकिला ६ का वडा अध्यक्ष एनपि मगरले बताए । ‘भित्रीकोट दरवार हेर्न आउनेलाई झुलेनी र झुलेनी आउनेहरुलाई भित्रीकोट सम्म ल्याउन सक्नुपर्छ’, उनले भने, ‘खानेपानी, सडक पूर्वाधार र भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।’

पुर्खाले हेर्दै आएको भित्रिकोटमा रेखदेख गर्दै आएका डाल बहादुर थापा अस्वस्थ भइ हेरचाह गर्न छोडेका छन् । मन्दिरमा उठेको भेटिको रकबाट थापाले काम गर्दै आएका थिए । पर्याप्त आर्थिक नहुँदा अनले हिजोआज रेखदेख गर्न चासो दिएका छैनन् । रेखदेख गर्ने व्यक्ति नहुँदा पुरातात्विक हतियारको संरक्षणमा सुरक्षा चुनौती थपिएको स्थानीयले बताउँछन् । अहिले भित्रीकोट दरवारको नाममा सयौं रोपनी जग्गा भएपनि गुठियारहरुले यसको व्यवस्थापनका लागि सहयोग गरेका छैनन् । प्यूठानको बिर्तिकोट, पुण्यखोला, काटे लगायतका गुठीहरु संरक्षणका लागि भोगचलन गर्न दिएपनि उनीहरुले संरक्षणमा चासो दिएका छैनन् ।

राज्यको लगानी पर्खिदा स्थानीयले भोगचलन गर्दै आएको गुठिकको जग्गा भोगचलन गर्नेहरुबाट मासिक आम्दानी जम्मा गर्नुपर्ने माग छ । तत्कालीन समयमा चौबिसे राज्य अन्तरगत पर्ने प्यूठान राज्यको प्रशासनिक केन्द्र भित्रीकोट दरबार नजिकै राजाले पानी पिउनका लागि बनाएको पोखरी अहिले अबशेषका रुपमा मात्रै रहेको छ ।

दरबारमा तत्कालीन राजाले सुरक्षाका लागि बनाएका हतियारहरु हराउदै गएका छन् । ४ सय थान युुद्धसंग सम्बद्ध हतियारहरु भएपनि हाल चालिस थान हतियारहरु स्थानीयले जोगाइराखेका छन् ।

भित्रीकोटको इतिहास
इतिहासकार डा. बम बहादुर अधिकारी र डा. गितु गिरीले लेखेका कितावहरुमा तत्कालीन समयमा चौविसे राज्य अन्र्तगत पर्ने प्यूठानमा १४ राजाहरुले शासन गरेको इतिहास उल्लेख छ । सत्रौ शताब्दीतिर चन्दवंशी राजाहरुले शासन गरेको बताइन्छ ।

आफ्नो सुरक्षाका लागि दरवारका वरिपरि ढुंगाको पर्खाल लगाइएको छ । त्यस समयमा निर्माण गरिएका तरवार, भाला, छुपि, धनुसवाण, खुकुरी र ढुंगाहरु अहिले जीर्ण अवस्थामा रहेका छन् । विभिन्न आकारमा काठका बुट्टाले कुदिएर बनाएको मन्दिर छ । त्यस बेलाका पहिलो राजाले पोखरी, कुवां निर्माण गरेको अहिले नमुनाको रुपमा मात्र देख्न सकिन्छ । यसको पछिल्लो ऐतिहासिक पृष्ठभुमि हेर्दा राजा लटराजले १६ हजार घरधुरी भएको प्यूठान राज्यको राज्य संचालन गरेका थिए । अन्तिम राजाको रुपमा वि. स. १८४३ कात्र्तिक १९ मा मोतिचन्दको समय पछि नेपालमा विलय भएको इतिहास पाइन्छ ।

साविक जिल्ला विकास समिति, प्यूठान नगरपालिका लगायतले यसको प्रबद्र्धनमा हात हालेपनि प्रभावकारी बन्न सकेको छैन । पर्यटन प्रबद्र्धनका माध्ययमबाट स्थानीयले आम्दानी गर्न सक्दछन् । तर, ज्ञान नहुँदा सरोकारवालाले पूर्वाधार निर्माणका लागि उचित वजेट विनियोजन गर्न सकेका छैनन् । यद्यपी यहाँ पर्यटन प्रवद्र्धन भन्दै प्याराग्लाइङिको पनि सफल परिक्षण भएको थियो । प्यूठान नगरपालिकाले सन् २०२१ लाई घुम्न जाऔं भित्रीकोट अभियान सञ्चालनको घोषणा गरेको थियो । यो अभियान कार्यान्वयनमा सफल हुन नसकेको स्थानीय बताउँछन् । प्यूठानको गहना भएपनि प्यूठानका जिम्मेवारहरुले भित्रीकोटको महत्वलाई बुझ्न नसक्दा गुमनाम बन्दै गएको उनीहरुको ठम्याइ छ ।

पछिल्लो समयमा भित्रिकोटको पर्यटन प्रबद्र्धनका लागि प्यूठान उद्योग वाणिज्य प्यूठान नगर बजार क्षेत्रले प्रथम भित्रिकोट महोत्सवको आयोजना गरेको जनाएको छ । संस्थाका अध्यक्ष प्यार अलिखानले प्यूठान र प्यूठान नगरपालिकाको ऐतिहासिक महत्व बोकेको भित्रिकोटको नाम, लोगो मात्रै नभई महोत्सवका अवसारमा डिजिटल डकुमेन्टी समेत निर्माण गरी यहाँको गरिमालाई प्रस्तुत गर्ने बताए । महोत्सव आयोजनाले थाहा नभएका व्यक्तिहरुलाई घुम्न जाने अवसर मिलाउने उनको भनाई छ । ‘हामीले प्यूठान महोत्सव मात्रै भनेर पनि महोत्सव लगाउन सक्थ्यौ तर पर्यटन प्रवद्र्धन लागि भित्रिकोट नामाकरण गरेका हौं,’ अध्यक्ष खानले भने,‘भिडियो सामग्रीहरु निर्माण गरी आउने दर्शकहरुलाई यहाँको ऐतिहासिक महत्व बारे जानकारी गराउने तयारी छ ।’

ऐतिहासिक रुपले भित्रीकोट जति महत्व भएपनि आगन्तुुकका लागि आवस्यक सेवा सुुविधाहरु पर्याप्त छैनन् । पिउने स्वच्छ पानी, सडक लगायतका पूर्वाधारको विकास गर्न सकिएको छैन । भित्रीकोटबाट प्यूठानका अधिकांश ठाँउहरुको अवलोकन मात्र होइन पूर्वउत्तरतिर धवलागिरी र पश्चिममा सिस्ने हिमालको अवलोकन गर्न सकिन्छ । यसरी भित्रीकोट ऐतिहािसक मात्र होइन दृष्यावलोकनको हिसाबले एक उचित गन्तव्य पनि हो । भित्रीकोटको आफ्रनै इतिहास भएपनि ठोस नीति र कार्यक्रमको अभावले ओझेलमा परेको जानकारहरुको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...

पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’

जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट...

नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि...