News Portal

रेडियो सुन्नुहोस्

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

झुलेनी नेटवर्क२०८१ पौष २५
१९४ पटक
२०८१ पौष २५

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ । धर्मभक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ८ मानागाउँमा कार्यरत कार्यालय सहयोगि मधु कुमाल भिरबाट लडेर गम्भिर घाईते भएका हुन् ।

गत शनिवार घाँस काट्न गएका ४४ वर्षिय उनि भिरबाट लडेका थिए । ढाड भाँचिएर नसा च्यापिएका उनकाे भैरहवा मेडिकल कलेजमा उपचार भईरहको छ । आर्थिक अवस्था कमजोर रहेका कुमालको  उपचारका लागि ७ लाखभन्दा बढि रकम लाग्ने स्वास्थ्यकर्मीले बताएको विद्यालयकी प्रधानाध्यापक बसन्ता गिरीले बताईन ।

आर्थिक अवस्था कमजोर भएर उपचारमा संकट आएपछि चन्दा संकलन थालिएको विद्यालयकी प्रधानाध्यापक गिरीले बताइन् । ‘घरका सबै सदस्य विरामि हुनुहुन्छ’, गिरीले भनिन्–‘आर्थिक अवस्था समेत नाजुक छ ।’ १ लाख १२ हजार स्वास्थ्य विमामार्फत उपचारमा सहायता भएको छ।

मंगलवार उनको अपरेशन सफल भएको छ । ढाड भाँचिएको हुनाले लामो समय उपचार गर्नुपर्ने तर, आर्थिक अवस्था कमजोर रहेको प्रधानाध्यापक गिरीले बताईन । ४ जना सन्तान रहेका उनका बुवाआमा पनि विरामी छन् । घरमा कमाउने ब्यक्ति नै दुर्घटनामा परेर ढाड भाँचिएपछि परिवारमा संकट आएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...