News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ ले दुई ठाउँबाट सेवा दिने, सांसद थापाद्वारा सेवा विस्तार उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ १६
६५५ पटक
२०८१ माघ १६

मल्लरानी गाउँपालिका वडा नं. ३ को कार्यालयले २ गाउँबाट सेवा दिने भएको छ । बुधवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सेवा विस्तार कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले घुम्ती सेवा विस्तारको कार्यलाई निरन्तर रूपमा अगाडि बढाउन आग्रह गरेका छन् । जरुरी योजनाहरूमा आवश्यक सहकार्यका लागि सङ्घीय सांसदको हिसाबले आफू सधैँ तयार रहेको बताउँदै थापाले विकासका सवालमा सहकार्य र साझेदारी आवश्यक हुने बताए ।

साबिकको रस्पुरकोट र धरमपानी गाविस  मिलेर बनेको वडा रहेकाले जनतालाई पायक हुने गरी रस्पुरकोटबाट पनि सेवा दिन थालिएको वडाध्यक्ष नोमराज पौडेलले बताए । हालका लागि हप्ताको १ दिन सेवा दिने तयारी गरिए पनि आवश्यक परेमा २ दिन सेवा दिन सकिने उनले बताए ।

कार्यक्रममा दुर्घटनामा मृत्यु भएका वडा सदस्य दामोदर नेपालीको नाममा शारदा मावि का लागि स्थापना गरिएको अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । वडाका वर्तमान र केही पूर्व जनप्रतिनिधिहरूबाट ३५ हजारको अक्षयकोष स्थापना गरिएकोमा प्रतिनिधि सभा सदस्य थापाले सोही कार्यक्रममा आफ्नो तर्फबाट १० हजार र श्रीमतीको तर्फबाट ५ हजार थपेर अक्षयकोषलाई ५० हजार पुर्‍याउन सहयोग गर्ने बताएका छन् ।

सोही कार्यक्रममा स्थानीय बासी समेत रहेका डा. राजेन्द्र पौडेललाई सम्मान गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रोे निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...