News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ ले दुई ठाउँबाट सेवा दिने, सांसद थापाद्वारा सेवा विस्तार उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ १६
२६६ पटक
२०८१ माघ १६

मल्लरानी गाउँपालिका वडा नं. ३ को कार्यालयले २ गाउँबाट सेवा दिने भएको छ । बुधवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सेवा विस्तार कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले घुम्ती सेवा विस्तारको कार्यलाई निरन्तर रूपमा अगाडि बढाउन आग्रह गरेका छन् । जरुरी योजनाहरूमा आवश्यक सहकार्यका लागि सङ्घीय सांसदको हिसाबले आफू सधैँ तयार रहेको बताउँदै थापाले विकासका सवालमा सहकार्य र साझेदारी आवश्यक हुने बताए ।

साबिकको रस्पुरकोट र धरमपानी गाविस  मिलेर बनेको वडा रहेकाले जनतालाई पायक हुने गरी रस्पुरकोटबाट पनि सेवा दिन थालिएको वडाध्यक्ष नोमराज पौडेलले बताए । हालका लागि हप्ताको १ दिन सेवा दिने तयारी गरिए पनि आवश्यक परेमा २ दिन सेवा दिन सकिने उनले बताए ।

कार्यक्रममा दुर्घटनामा मृत्यु भएका वडा सदस्य दामोदर नेपालीको नाममा शारदा मावि का लागि स्थापना गरिएको अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । वडाका वर्तमान र केही पूर्व जनप्रतिनिधिहरूबाट ३५ हजारको अक्षयकोष स्थापना गरिएकोमा प्रतिनिधि सभा सदस्य थापाले सोही कार्यक्रममा आफ्नो तर्फबाट १० हजार र श्रीमतीको तर्फबाट ५ हजार थपेर अक्षयकोषलाई ५० हजार पुर्‍याउन सहयोग गर्ने बताएका छन् ।

सोही कार्यक्रममा स्थानीय बासी समेत रहेका डा. राजेन्द्र पौडेललाई सम्मान गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...