News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ ले दुई ठाउँबाट सेवा दिने, सांसद थापाद्वारा सेवा विस्तार उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ १६
८०६ पटक
२०८१ माघ १६

मल्लरानी गाउँपालिका वडा नं. ३ को कार्यालयले २ गाउँबाट सेवा दिने भएको छ । बुधवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सेवा विस्तार कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले घुम्ती सेवा विस्तारको कार्यलाई निरन्तर रूपमा अगाडि बढाउन आग्रह गरेका छन् । जरुरी योजनाहरूमा आवश्यक सहकार्यका लागि सङ्घीय सांसदको हिसाबले आफू सधैँ तयार रहेको बताउँदै थापाले विकासका सवालमा सहकार्य र साझेदारी आवश्यक हुने बताए ।

साबिकको रस्पुरकोट र धरमपानी गाविस  मिलेर बनेको वडा रहेकाले जनतालाई पायक हुने गरी रस्पुरकोटबाट पनि सेवा दिन थालिएको वडाध्यक्ष नोमराज पौडेलले बताए । हालका लागि हप्ताको १ दिन सेवा दिने तयारी गरिए पनि आवश्यक परेमा २ दिन सेवा दिन सकिने उनले बताए ।

कार्यक्रममा दुर्घटनामा मृत्यु भएका वडा सदस्य दामोदर नेपालीको नाममा शारदा मावि का लागि स्थापना गरिएको अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । वडाका वर्तमान र केही पूर्व जनप्रतिनिधिहरूबाट ३५ हजारको अक्षयकोष स्थापना गरिएकोमा प्रतिनिधि सभा सदस्य थापाले सोही कार्यक्रममा आफ्नो तर्फबाट १० हजार र श्रीमतीको तर्फबाट ५ हजार थपेर अक्षयकोषलाई ५० हजार पुर्‍याउन सहयोग गर्ने बताएका छन् ।

सोही कार्यक्रममा स्थानीय बासी समेत रहेका डा. राजेन्द्र पौडेललाई सम्मान गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...