News Portal

रेडियो सुन्नुहोस्

मुख्यमन्त्रीसँग विद्यार्थीको माग – ‘विद्यालय पुग्ने सडक बनिदिनु पर्‍यो’

झुलेनी नेटवर्क२०८१ माघ २२
२७१ पटक
२०८१ माघ २२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग रोल्पाको कोटगाउँका विद्यार्थीले विद्यालय पुग्ने बाटो बनाइदिन माग गरेका छन् ।

मङ्गलवार मुख्यमन्त्रीलाई भेटेर नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफूहरूको विद्यालयमा पुग्ने करिब २ सय मिटर सडक पक्की गरिदिन माग गरेका हुन् ।

मुख्यमन्त्रीसँगको भेटमा विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए । मुख्यमन्त्री आचार्यले माग सम्बोधन गर्ने बारेमा सरकारले पहल लिने बताए । ‘तपाइहरूले राम्रो सँग पढ्नुस्, सरकारले तपाईँहरूको विद्यालय सम्म पुग्ने सडक बनाउँछ’ मुख्यमन्त्री आचार्यले भने, ‘माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउँछौँ।’

बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको उनीहरूको गुनासो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...