News Portal

रेडियो सुन्नुहोस्

होटल क्षेत्र आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने ब्यवसायः महतरा

सङ्घको प्यूठान जिल्ला भित्रका ९ वटै बजार इलाकाहरूमा अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन ४ 
७७८ पटक
२०८१ फागुन ४ 

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले होटल व्यवसाय देशको आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने व्यवसाय रहेको बताएका छन् ।

शनिवार होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र झिमरुक बजार इलाकाको अधिवेशनलाई सम्बोधन गर्दै महतराले यस्तो बताएका हुन्।

अधिवेशनले राम बहादुर महतराको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

यससँगै जिल्ला ९ वटै स्थानीय तह अन्तरगतका बजार इलाकामा अधिवेशन सम्पन्न भएको होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्रका अध्यक्ष जुद्ध बहादुर कुवरले जानकारी दिए ।

उनका अनुसार सरुमारानी बजार क्षेत्रमा कृष्ण थापा , माण्डवी बजार क्षेत्रमा नवीन डुम्रे, स्वर्गद्वारी नगर बजार क्षेत्रमा डम्बर श्रेष्ठ , प्यूठान नगर बजार क्षेत्रमा टङ्क थापा , ऐरावती बजार क्षेत्रमा विक्रम साही , मल्लरानी बजार क्षेत्रमा जगनाथ श्रेष्ठ , नौवहिनी बजार क्षेत्रमा मधुसूदन घिमिरे र गौमुखी बजार क्षेत्रमा डुकमान गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

फागुन २४ गते  तेह्रौँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी थालिएको अध्यक्ष कुवरले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...