News Portal

रेडियो सुन्नुहोस्

होटल क्षेत्र आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने ब्यवसायः महतरा

सङ्घको प्यूठान जिल्ला भित्रका ९ वटै बजार इलाकाहरूमा अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन ४ 
४५९ पटक
२०८१ फागुन ४ 

झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले होटल व्यवसाय देशको आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने व्यवसाय रहेको बताएका छन् ।

शनिवार होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र झिमरुक बजार इलाकाको अधिवेशनलाई सम्बोधन गर्दै महतराले यस्तो बताएका हुन्।

अधिवेशनले राम बहादुर महतराको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

यससँगै जिल्ला ९ वटै स्थानीय तह अन्तरगतका बजार इलाकामा अधिवेशन सम्पन्न भएको होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्रका अध्यक्ष जुद्ध बहादुर कुवरले जानकारी दिए ।

उनका अनुसार सरुमारानी बजार क्षेत्रमा कृष्ण थापा , माण्डवी बजार क्षेत्रमा नवीन डुम्रे, स्वर्गद्वारी नगर बजार क्षेत्रमा डम्बर श्रेष्ठ , प्यूठान नगर बजार क्षेत्रमा टङ्क थापा , ऐरावती बजार क्षेत्रमा विक्रम साही , मल्लरानी बजार क्षेत्रमा जगनाथ श्रेष्ठ , नौवहिनी बजार क्षेत्रमा मधुसूदन घिमिरे र गौमुखी बजार क्षेत्रमा डुकमान गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

फागुन २४ गते  तेह्रौँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी थालिएको अध्यक्ष कुवरले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...