News Portal

रेडियो सुन्नुहोस्

व्यवसायिक युवा उत्पादन गर्न आग्रह

कृष्णराज पाण्डेय२२ पुस, प्यूठान
१०२३ पटक
२२ पुस, प्यूठान

लालीगुँरास बचत तथा ऋण सहकारी संस्था मल्लरानी ३ को ११ औ बार्षिक साधारण सभामा सम्पन्न भएको छ ।

शनिवार भएको कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाँउपालिका अध्यक्ष तथा अमरध्वज रानाले आजको आवश्यकता व्यवसायिकता भएको बताउँदै सहकारीले युवाहरुलाई व्यवसाय संचालन गर्नका लागि लगानी गर्न आग्रह गरेका छन । उनले अवको आर्र्थिक विकास विना कुनै कुरा सम्भव नभएको बताउँदै युवाहरुलाई व्यवसायिक क्षेत्रमा लगानी गरी सफल व्यवसायी बनाउन सहकारी लाग्नुपर्ने कुरामा जोड दिएका हुन ।

त्यस्तै जिल्ला सहकारी संघका सदस्य एमप्रसाद पाण्डेले सहकारी गरिव तथा विपन्न परिवारको साथी भएको बताउँदै शेयर सदस्यले बचत मात्र नगरी व्यवसाय गर्नका लागि उत्साह हुनुपर्ने बताए । कार्यक्रममा मल्लरानी सहकारी संजालका अध्यक्ष टुकबहादुर रोकाय,निर्वतमान अध्यक्ष दुर्गाबहादुर थापा लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा असल ऋणीको तर्फबाट राजु गुरुङ,असल बचतकर्ता अम्विका पौडेल र कक्षा ८ मा सर्वोकृष्ट ल्याउने शेयर सदस्यको छोराछोरीबाट शारदा माविका विजय आर्चाय,भानुमाविका समिर पुन लाई सम्मान गरिएको थियो । त्यसैगरी निर्वमान अध्यक्ष दुर्गाबहादुर थापा र भवन निमार्ण समितिका सदस्य भेषराज पोख्रेलाई सम्मान गरिएको थियो । सहकारीले युवालाई लक्षित गरी व्यवसायीक योजनाको आधारमा १० लाख सम्म ऋण लगानी गर्दै आएको छ ।

साधारण सभाको अध्यक्ष टेकनारायण पोख्रेलको अध्यक्ष सचिव गोपाल थापाको संचालनमा कार्यक्रम भएको थियो । पुर्वी प्यूठानको मल्लरानी,ऐरावति गाउपालिका बासिन्दाहरु सहकारीका शेयर सदस्य रहेका छन । २०६४ सालमा स्थापना भई हाल करिव ५ करोडको कारोवार सहकारीले गर्दै आएको छ । सहकारीको ९३६ जना शेयरको ७४ लाख शेयर पुजीँ रहेको व्यवस्थापक गोविन्द अधिकारीले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...