News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

बोम बहादुर परियार२०८२ जेठ ३
५३३ पटक
२०८२ जेठ ३

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सरोकारवालाको बैठकमा सिविर संचालन हुने जानकारी गराएको छ ।

जेठ १५ गते देखी २१ गते सम्म सञ्चालन हुने सिविरमा शल्यक्रिया गर्नका लागि अहिलेसम्म जिल्लाभरबाट १ सय ४९ जना आङ खस्ने समस्या भएका महिलाको पहिचान गरिएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन निरिक्षक कौसल राज वैद्यले जानकारी गराए । स्थानीय स्वाथ्यकर्मीबाट पहिचान भएका उनिहरुको जेठ १३ गते स्कृनिङ गरिने र १५ गतेदेखि शल्यक्रिया सिविर सन्चालन गरिने कार्यालयले जनाएको छ ।

कोहलपुर मेडिकल कलेको प्राविधिक सहयोगमा स्वास्थ्य निर्देशनालय लुम्वीनी प्रदेशले शिविरको आयोजनामा गरेको हो । आङ खस्ने समस्याको लक्षण भएका महिलाहरुले नजिकैको स्वास्थ्य सस्थामा पुगेर परामर्श लिई सेवा लिन सक्ने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

शिविरमा जिल्लाका ९ वटै स्थानिय तहहरुले आफ्नो स्थानीय तहका विरामीहरुलाइ अस्पतालसम्म लग्ने र ल्याउने निशुल्क व्यावस्था मिलाउने प्रतिबद्दता जनाएका छन् ।

नेपालमा ६ लाख भन्दा बढी महिलालाई आङ खस्ने समस्या देखीएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डाक्टर अच्यूत शर्माले बताए । उनले बच्चा जन्मेपछि प्राय महिलाहरुमा आङ खस्ने समस्या देखीएको बताए । गत बर्ष प्यूठानका ३९ जना महिलाको रोल्पा लगेर शल्यक्रिया गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...