News Portal

रेडियो सुन्नुहोस्

निशुल्क सिविरमा ७५ जनाको पाठेघरको शल्यक्रिया, १७ जना रिफर

झुलेनी नेटवर्क२०८२ जेठ २१
३८८ पटक
२०८२ जेठ २१

विजुवारमा सञ्चालित एक हप्ते पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क सिविरमा ७५ जनाको शल्यक्रिया भएको छ ।

प्यूठानका ४७ जना, रोल्पाका १९ जना, गुल्मीका २ जना, रुकुमका ४ जना र अर्घाखाँचीका ३ जनाको शल्यक्रिया भएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरीक्षक कोषलराज वैद्यले जानकारी दिए ।

जिल्लामा भएको पूर्वाधारमा अपरेशन गर्न नसकिने १७ जनाको रिफर गरिएको छ । प्यूठानका १० जना, रोल्पाका ४ जना, गुल्मी, अर्घाखाची र रुकुमका १ १ जनाको रिफर गरिएको वैद्यले बताए ।

सिविरमा १ सय ८७ जनाले जाँच गराएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना र नेपालगञ्ज मेडिकल कलेजको सहयोगमा सिविर सञ्चालन भएको हो ।

गतवर्ष प्यूठानबाट रोल्पा लगेर ३९ जनाको शल्यक्रिया गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...